रुपन्देहीमा जारी लकडाउनको मोडालिटीमा फेरबदल

    • स्वास्थ्य पेज

  • २० भाद्र २०७७, शनिबार

बुटवल २०,भदौ ।

रुपन्देहीमा जारी लकडाउनको मोडालिटीमा केही फेरबदल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शनिबार जारी गरेको नयाँ मोडालिटी सहितको आदेशले आइतबारदेखि बजार केही खुकुलो हुने भएको छ ।

नयाँ मोडालिटी अनुसार निश्चित समय तोकेर बजारहरु खुलाइनेछ । यद्यपि स्वास्थ्य सुरक्षा मापदण्ड भने अवलम्वन गर्नुपर्नेछ ।

दैनिक उपभोग्य वस्तुका लागि विहान र साँझ तथा व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार आदेश जारी गरेको छ ।

  • २० भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech