भेरीमा थप एक चिकित्सकमा कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७७, मंगलवार

नेपालगन्ज १६, भदौ ।
भेरी अस्पताल नेपालगन्जका थप एकजना विशेषज्ञ चिकित्सकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै भेरीका सातजना विशेषज्ञ चिकित्सकमा कोरोना भाइरस संक्रमण देखिएको मेसु डा. प्रकाश थापाले जानकारी दिनुभयो ।

मंगलवार एकजना चिकित्सकसहित पाँचजना स्वास्थ्यकर्मीमा भाइरस संक्रमण पुष्टि भएको हो । एक हप्ताकै सेरोफेरोमा भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी लगालग संक्रमित भएपछि सेवा नै प्रभावित भएको छ ।

‘अस्पताल नै बन्द गर्ने कुरा आएन अस्पतालका मेसु डा. थापाले भन्नुभयो–‘संक्रमितसँग एक्सपोज नभएका चिकित्सक र स्वास्थ्यकर्मीबाट सेवा दिइरहेका छौ । जो एक्सपोज हुनुहुन्छ उहाँहरुलाई आइसोलेट गरिएको छ ।’

संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका अन्यको पनि धमाधम पीसीआर परीक्षण गर्ने क्रम चलिरहेको डा. थापाले बताउनुभयो । रिपोर्ट नेगेटिभ आएकाहरुलाई काममा खटाइएको छ भने पोजेटिभ रिपोर्ट आउनेलाई आइसोलेसनमा पठाउने गरिएको डा.थापाले बताउनुभयो ।

  • १६ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech