सुदूरपश्चिम अपडेटः संक्रमित ५६९४, मृत्यु १४, डिस्चार्ज ४७००

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०७७, बिहीबार

धनगढी ११, भदौ ।
सुदूरपश्चिममा विहीबार थप ३६ जनामा कारोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३६ जनामा संक्रमण पुष्टि भएको हो।

तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौँ सय २१ जनाको कोरोना परीक्षण भएकोमा बैतडीका १७, कैलालीका १२, डोटीका ६ र बझाङका एक जनामा संक्रमण पुष्टि भएको छ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ९४ पुगेको छ। संक्रमण पुष्टि भएका चार हजार सात सय डिस्चार्ज भएका छन । भाइरस संक्रमित १४ जनाको भने मृत्यु भएको छ।

  • ११ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech