दूरसंचार कार्यालय नेपालगन्ज बन्द

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०७७, बिहीबार

नेपालगन्ज ११, भदौ ।
दूरसंचार कार्यालय नेपालगन्ज अनिश्चितकालका लागि बन्द गरिएको छ । कार्यालयका ८ जना कर्मचारीमा भाइरस संक्रमण पुष्टि भएपछि अनिश्चितकालसम्मका लागि कार्यालय बन्द गरिएको हो ।

कार्यालयद्धारा जारी सूचनामा भनिएको छ–‘कर्मचारीमा भाइरस संक्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरि कार्यालय पूर्णरुपमा ‘सील’ गरिएको छ ।’

गएको सोमवार उक्त कार्यालयका कर्मचारीहरुले स्वाव दिएका थिए । भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएपछि दूरसंचार कार्यालय ‘सील’ गरिएको हो ।

 

  • ११ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech