बाँकेमा थुनुवा र प्रहरी कोरोनामुक्त

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७७, मंगलवार

नेपालगन्ज ०२ भदौ ।
बाँकेमा छ जना प्रहरी र सात जना थुनुवा कोरोना मुक्त भएका छन् । साउन २० गते जिल्ला कारागार नेपालगन्जका सात जना थुनुवा र वडा प्रहरी कार्यालय नेपालगन्जका छ जना प्रहरीलाई कोरोना पुष्टि भएको थियो ।

उनीहरुलाई खजुराको कृषि तालिम केन्द्रको आइसोलेसन सेन्टरमा राखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार, उनीहरु आज डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा भाइरस जितेर घर फर्किनेको संख्या चारसय ६८ पुगेको छ ।

बाँकेमा कुल संक्रमितको संख्या सात सय ७४ पुगेको छ । अहिलेसम्म बाँकेमा कोरोना संक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ ।

  • २ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech