बहराइनमा थप ७७ जना नेपालीमा कोरोना सङ्क्रमण

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७७, मंगलवार

नेपालगन्ज १६ बैशाख ।
बहराइनमा थप ७७ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ । मंगलबारसम्ममा जम्मा १२६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले उज्यालोलाई जानकारी दिनुभयो ।

यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको पनि उहाँले बताउनुभयो ।

दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् । खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका अनुसार यी देशमा अहिलेसम्म १८९ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये १८० जनाको अस्पतालमा उपचार भइरहेको छ । ७ जना निको भएर काममा फिरेका छन् भने यूएईमा कोरोनाका कारण दुई जनाको ज्यान गएको छ ।

अहिलेसम्म बहराइनमा १२६, यूएईमा १२, साउदीमा ४, कुवेतमा २९, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा १८९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको हो । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा दुई गरी ७ जना निको भएर काममा फर्किएका छन् ।

  • १६ बैशाख २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech