बच्चालाई दूध र बोतल चुसाउने आमाको कथा

    • स्वास्थ्य पेज

  • २४ श्रावण २०७७, शनिबार
रुकमणी महर्जन

रुकमणी महर्जन-

काठमाडौं २४, साउन ।

गत दुई वर्षमा मलाई सबभन्दा दिक्क लाग्ने समय अगस्टको पहिलो हप्ता र अगस्ट महिना भएको छ। यसको कारण हो, अगस्ट पहिलो साता विश्व स्तनपान सप्ताहका अवसरमा पत्रपत्रिका छापिने स्तनपान सम्बन्धी विभिन्न लेख र सम्पादकीयहरू।

ती लेख र सम्पादकीयहरूमा प्रायः जसो शल्यक्रिया गरी सन्तान जन्माउने र स्तनपान नगराउने आमाहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शिशुहरूको स्वास्थ्यप्रति गैरजिम्मेवार, आफ्नो सहजता चाहने र शारीरिक सौन्दर्य बचाउन स्तनपान नगराउने लगायत आक्षेपहरू लगाइएको हुन्छ।

मातृत्व, स्तनपान र आमाको कर्तव्यका बारेमा जनचेतना फैलाउनु आवश्यक छ तर आमाहरूको अपमान ९मदर शेमिङ० अनावश्यक।

शल्यक्रिया गरी बच्चा जन्माउने र स्तनपान नगराउने आमाहरूप्रति गरिने सतही टिप्पणीले मजस्ता आमालाई कति मर्माहित बनाउँछ, शब्दमा बयान गर्न सकिँदैन। मजस्ता आमाहरू आफैंलाई प्रश्न प्रतिप्रश्न गरेर बस्छौं के हामी जस्ता आमाहरूले सहजताका लागि विनाकारण शल्यक्रिया गरेर बच्चा जन्माएका हौं तरु के हामीले शारीरिक सौन्दर्य बचाउन वा आफू सधैं सुन्दर देखिरहन बच्चालाई स्तनपान नगराएका हौं तर ?

सामान्य प्रसूति र शल्यक्रिया गरी बच्चा जन्माउने आमाहरू वा स्तनपान गराउने र नगराउने आमाबीच तथाकथित विभेद सिर्जना गर्नु आवश्यक छरु आमालाई आमा भन्न वा बन्न दिए हुँदैन, असल, खराब, जिम्मेवार, गैरजिम्मेवार आमा लगायतका उपमा अलंकार दिई देवत्वकरण वा दानवीकरण गर्न आवश्यक छ ?

मदर शेमिङलाई सामाजिक जीवनको अभिन्न पाटो बनाउन आवश्यक छ ?

यदि २६ महिने बच्चाको आमाको परिचय बन्दै गरेको मलाई सोध्नुहुन्छ भने मलाई एउटै कुरा भन्नु छ( आमा, आमा हो। बाँकी सब सामाजिक धारणा हो। आमालाई महान, ममतामयी वा सन्तानका लागि त्याग गर्ने पात्रका रूपमा चित्रण गरेर मिथक सिर्जना गर्नु सायद आवश्यक पनि छैन।

एकादेशमा छिन्नमस्ता देवी थिइन् जसले आफ्ना सन्तानको भोक मेटाउन अन्त्यमा आफ्नो शिर छेदन गरी रगत खुवाइन्, दस महाविद्या भइन्। सायद छिन्नमस्ता देवी जस्तो मिथकीय पात्रजस्तो चित्रणले गर्दा मेरी आमाले बच्चा स्याहारेर थाके भन्न पाउनु भएन।

अनि यसको निरन्तरता म आमा बन्दा समाज, परिवार वा राज्यले प्रसव पीडा सहेर सामान्य प्रसूतिमार्फत् शिशु जन्माई बाइस धारा दूध खुवाउने अनि कहिल्यै नथाक्ने आमा बन्नु पर्ने अघोषित नियम लादियो वा लाद्न खोजेको आभाष भयो।

२ वर्ष २ महिना अगाडिको कुरा हो। म पाटन अस्पतालको प्रसूति वार्डमा थिएँ, प्रसव व्यथा लगाउने औषधि लिने गर्भवती महिलाका रूपमा। ३९ हप्ताको गर्भवती, तोकिएभन्दा एक हप्ता अगाडि सामान्य प्रसूतिका लागि व्यथा लगाउने र केही गरी सामान्य सम्भव नभए शल्यक्रिया गरी बच्चा जन्माउने भनी म लगायत मेरो परिवार आर्थिक, मानसिक र भावनात्मक रूपमा तयार हुँदै थियौं।

सत्य बोल्छु– म योजनाबद्ध रूपमा शल्यक्रिया गरी बच्चा जन्माउन चाहन्थेँ। मेरो कमजोर स्वास्थ्यका कारण र मेरी दिदीले भोग्नुभएको दुःखको कारणले।

सामान्य प्रसूतिका लागि प्रसव व्यथा लगाउने औषधि दिइएपछि मेरो दिदीको स्वास्थ्यस्थिति गम्भीर भयो, पेटभित्रको बच्चाको ढुकढुकी पनि कम भयो र एउटा विन्दुमा हामीलाई भनियो, आमा वा बच्चामध्ये एउटा मात्र बाँच्न सक्छ, हामी कोशिस गर्छौं।

दिदीको घटनाबाट पाठ सिकेर म बच्चा र आफू दुवैलाई सम्भावित जोखिमबाट बचाउन चाहन्थेँ। तर मलाई नियमित हेर्ने डाक्टर ९वरिष्ठ स्त्रीरोग विशेषज्ञ० ले योजनाबद्ध शल्यक्रियाका लागि अनुमति दिनुभएन।

परामर्श र छलफलपछि निर्णय भयो– ३८ हप्ता पूरा भइसकेपछि जुनसुकै बेला पनि व्यथा सुरू हुनसक्छ। त्यसरी व्यथा सुरू भए भइहाल्यो, ४० हप्ता पुग्दा पनि व्यथा नलागे औषधि चलाउने। जटिलता उत्पन्न भएमा अन्तिम उपाय शल्यक्रिया गर्ने।ु

जतिजति प्रसूति हुने समय नजिकियो, त्यति डर र बेचैनी बढिरहेको थियो। सामान्य प्रसूतिका लागि तयारी गरिरहँदा म एउटा निष्कर्षमा पुगिसकेकी थिएँ– सामान्य प्रसूति वा शल्यक्रिया जे गरे पनि आमा बन्नु भनेको मृत्युसँगको लडाइँ हो। बारीमा काम गर्दै, पँधेरोमा पानी भर्न जाँदा सजिलै प्रसूति हुने कुरा मेरो पुस्ताका लागि दन्त्यकथा हो, अपवाद हो।

प्रसूति वार्ड, प्यासिभ लेबर रूम, एक्टिभ लेबर रूम, डेलिभरी रूम र पोस्ट डेलिभरी वार्डसम्मको ४ दिने यात्रामा भटेजति गर्भवती सामान्य प्रसूति गराउन चाहन्थे वा सामान्य प्रसूति गराउनु राम्रो भन्ने परिवार आफन्तको धारणाका कारण दबाव र तनावमा थिए।

यो तनाव विशेष गरी पहिलो सन्तान जन्माउँदै गरेका गर्भवतीलाई धेरै थियो। मसँगै व्यथा लाग्ने औषधि लिएका केहीको पहिलो डोजमा, कसैको दोस्रो डोजमा सामान्य प्रसूति वा जटिलताका कारण शल्यक्रिया गरी शिशु जन्माइयो। म भने अझै कुरिरहेकी थिएँ। व्यथा लाग्ने औषधिको तेस्रो डोज लिने प्रक्रियामा मेरोभन्दा दायाँ बेडकी महिलालाई औषधिले छोएन। शल्यक्रिया हुने अवस्था देखियो भने बाँया बेडकी महिलाको शिशुले पेटमा दिसा गरेका कारण तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था आयो।

ुबच्चाले पेटमा दिसा गरिसक्यो अब शल्यक्रिया नै हुन्छु भनी नर्स र डाक्टरले सम्झाउँदा उनी मानेकी थिइनन्। अपरेसन थिएटर लग्दा उनी रोइरहेकी थिइन्। शल्यक्रियाबाट बच्चा जन्माउनु पर्ने अवस्थाबाट हिनताबोध गरिरहेका थिइन् सायद उनी। अ

झ पाटनको प्रसूति वार्ड महिला वार्डु भएकाले गर्भवतीका आफन्त र परिवार, वार्ड बाहिर कुरेर बसिरहेका हुन्थे। समय बिताउन उनीहरू सामान्य प्रसूति र शल्यक्रियाबाट बच्चा जन्माउने आमाहरू गन्दै बस्थे।

सजिलो थियो अनुमान लगाउन– सामान्यतया ह्विलचेयरमा निस्कने नवआमा सामान्य प्रसूतिबाट बच्चा जन्माउने र बेडमा सुतेर निस्कने शल्यक्रियाबाट बच्चा जन्माउने आमा।

त्यहीँबाट सुरू हुन्थे टिप्पणी र तुलना, ओहो नर्मल भएछ, हाम्रो के हुने होर ?

ओहो नर्मल भएछ, राम्रो भयो।

अब त मरिन्छ, बाँचिदैनु भन्ने चरम निराशा छिचोलेर म पाटन प्रसूति वार्डबाट ह्विलचेयरमा निस्केकी थिएँ। मलाई लागेको थियो अब सकियो दुःख तर बच्चा जन्माउनु त सुरूआत थियो एउटा लामो संर्घषको।

अर्को अध्याय– स्तनपान। बच्चा जन्मेपछि नर्सहरूले खुसी हुँदै यसले आमाको दूध खोज्छ कि खोज्दैनु भनी हेर्न मेरो छातीमा राखिदिए। बच्चाले दाहिने स्तन चुस्यो, कसरी सबै सम्झना छैन तर दाहिने स्तन चुसेको स्पष्ट याद छ।

केही बेर चुसेपछि सायद केही नआएर हो कि उसले स्तन छोडी आफ्नो औंला चुस्यो। यो दृश्य देखेर प्रसूति कक्षका नर्सहरू र हामी साह्रै रमाएका थियौं।

नर्सहरूले भनेका थिए, चुसाउँदै गर्नुस्, एक घन्टाभित्र दूध आउँछ।

तर ३–४ दिनसम्म दूध आएन। मेरो बच्चाले सकुन्जेल मेरो स्तन चुस्थ्यो, अनि भोकले साह्रै रुन्थ्यो। पेट नै नभरिएपछि उसलाई फर्मुला दूध दिइन्थ्यो। दुवै जनाको निरन्तर प्रयासपछि तेस्रो दिनदेखि उसले आमाको दूध खान पायो, जुन अहिलेसम्म खाइरहेको छ।

सुत्केरी भेट्न आउनेमध्ये अधिकांशले ३ वटा प्रश्न सोध्थे।

पहिलो छोरा कि छोरीरु

दोस्रो, नर्मल कि शल्यक्रियारु

तेस्रो, आमाको दूध आएको छ कि छैनर?

मेरो दूध पुग्दैनु भन्दा धेरैलाई शल्यक्रिया हो कि भन्ने लाग्थ्यो। नर्मल भन्ने थाहा पाउँदा उनीहरू अच्चम मान्दै ुयस्तो नहुनु पर्नेु भन्थे। कोहीले प्याच्च आमाको उमेर धेरै भएकाले दूध नआएको होलाु भन्थे। कोही भने सहरीया जीवन र खानपानलाई दोष दिन्थे।

यथार्थ के थियो भने मेरो बच्चालाई दूध पुग्दैनथ्यो। त्यसैले म फेरि भन्छु– मेरो दूध पुग्दैनथ्यो, बच्चालाई फर्मुला पनि दिएका थियौं। मेरो बच्चा आमाको दूध र फर्मुला दूध खाएर हुर्केको बच्चा हो। उनले स्तनपान नि गर्‍यो, बोतल नि चुस्यो।

सुरूआती दिनमा बालरोग विशेषज्ञकहाँ नियमित जाँचका लागि लग्दा डाक्टरले बच्चाले आमाको दूध चुस्छ निरुु भनेर सोधे।

जवाफमा मैले ुबच्चाले दूध चुस्छ, तर पुग्दैन अनि फर्मूला नि दिने गरेका छौुं भने।

ती डाक्टरले सामान्य प्रतिक्रिया दिए, ठीक छ, ठीक छु।

डाक्टरको प्रतिक्रिया मलाई अहिलेसम्म सबभन्दा मन पर्ने प्रतिक्रिया हो। किनभने उनले यो विषयलाई सामान्य रूपमा लिए। न त्यसमा अनावश्यक दयाभाव थियो न बच्चालाई आमाको दूध नै खुवाउनु पर्ने दबाव।

ती डाक्टरबाहेक मैले परिवार, आफन्त, चिनेजानेका इष्टमित्र अनि नचिनेका शुभचिन्तक सबैलाई मेरो बच्चाले किन फर्मूला पनि खान्छ भनि हजारौं पटक स्पष्टीकरण दिनुपरेको थियो। अधिकांशले आमाको दूध अमृत भएको र सकेसम्म खुवाउनमा मलाई लामा लामा सुझाव दिन्थे। म सबै विनम्रपूर्वक सुन्थेँ पनि।

कसैले बोतल नचुसाउनुस् भन्थे, कोही कचौरामा दूध बनाएर चम्चाले खुवाउनुस् भन्थे। अनि कोही दिनरात जसरी हुन्छ आमाको दूध मात्र चुसाउनुस् भन्थे।

म सबैलाई हुन्छ भनी टाउको हल्लाउँथे। जे जति कुरा गरे पनि यर्थाथ के थियो भने मेरो दूध पुग्दै पुग्दैनथ्यो र मेरो बच्चाले बोतल पनि चुस्थ्यो।

अस्पतालमा बच्चालाई देखाउन जाँदा एक नचिनेका शुभचिन्तकसँग सामान्य कुराकानीमा उमेरभन्दा बच्चा ठूलो ज्यानको देखेर ुआमाको दूध होरु आमाको दूध त पोषिलो हुन्छु भनिन्।

मैले भने, मेरो दूध पुग्दैन, फर्मूला नि खान्छ।

उनले आफ्नो अनुभव सुनाइन्, मेरो दूध नि पुग्दैन थियो। ल्याक्टोजिन खुवाउँथेँ। बिरामी भएर अस्पताल भर्ना हुँदा डाक्टरले ल्याक्टोजिन फ्याँकिदिन्छु भनी गाली गर्नुभयो। त्यो दिनदेखि आफ्नो दूध मात्र चुसाएको हुँ। अब त्यहीले पुग्छ। तपाईंको नि केही बिग्रेको छैन, बल्ल बच्चा साढे तीन महिना भयो, दिन रात दूध चुसाउनुस् पुग्न थाल्छ।

म बताउन खोज्दै थिएँ, मेरो दूध पुग्दैन र उनले भनेको तरिकाले काम गर्दैन।दिनमा काम गर्न जानुपर्छ अनि रातमा सुत्नु नि आवश्यक छ किनभने अर्को दिन फेरि काम गर्न जानुपर्छ।

यसैबीच कसैले थपे, त्यो त त्यस्तै हो। जति चुसायो उति दूध आउँछ। गाउँघरमा गाईभैंसीको दूध नआउँदा तातो पानी र तेलले सफा गरी दूध दोहिरहनुपर्छ। यस्तो गरेपछि फेरी दूध आउँछ। सहरका मान्छे अल्छी छन्, सजिलोका लागि बोतल चुसाउँछन्।

यो सब सुनेर मैले कारण उनीहरूलाई लामो हिसाबकिताब सुनाउनु पर्‍यो। त्यसपछि पनि यस्तै चिनेका नचिनेका शुभचिन्तकसँग बच्चा हुर्काइका विषयमा आवश्यक(अनावश्यक वादविवाद, बहसका श्रृंखला रोकिएन। पानी मात्र खाएर बच्चाका लागि ह्वालछ्याल दूध निकाल्ने मेरी आमा वा सासू आमाको पुस्ता अनि जे गरे पनि दूध पर्याप्त नआउने वा अलिअलि दूध आउने मेरो पुस्ता बीचको फरक समय मात्र हो कि, अरु केही, थाहा भएन।

तर यो पुस्तामा धेरैले स्तनपान गराउन एउटा संर्घष गर्नु परेको छ। म दूध नपुगेका कारण संर्घष गर्दै थिएँ भने ु६ महिनासम्म आमाको दूध मात्र आहार दिने र दुई वर्षसम्म स्तनपान गराउनेु भन्ने मन्त्रको पालना गर्न दूध पुग्ने आमाका लागि पनि समस्या भइरहेको थियो।

यो समस्या अझै यथावत छ किनभने काम गर्ने सबै आमाले अहिले पनि ९८ दिनसम्म सुत्केरी बिदा पाएका छैनन्। संविधान, सुरक्षित मातृत्व तथा प्रजनन अधिकारसम्बन्धी ऐन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु ९बिक्री वितरण नियन्त्रण० ऐन लगायतका नियम कानुनी प्रावधानको चर्चा म यहाँ गर्न चाहन्नँ।

यर्थाथ भनेको आमाको दूध दोहोर्‍याएर फ्रिजमा राखेर खुवाउन सक्ने अवस्थामा हामी सबै छैनौं। सुत्केरी बिदा, शिशु स्याहारसम्बन्धी प्रावधान अपुग छ। स्तनपानसम्बन्धी मन्त्र एकातिर, व्यवहार अर्कोतिर।

शिशु जन्मेपछि पेटभरी दूध खुवाउन नपाउँदाको दुःख, तनाव र पीडा सायद मजस्तै अवस्था पार गरेका आमाले बाहेक अरूले बुझ्नसक्छ भन्ने मलाई लाग्दैन।

मैले मेरा बाआमालाई भनेँ( एउटा धाईआमा खोजिदिनुस् न, बच्चालाई दूध पुगेन। अनि यसले फर्मुला नि खाएन।

दूध नआएको स्तन चुस्ने अनि जोडले रूने, बोतललाई जिब्रो वा हातले धकेल्थ्यो ऊ। अनि मेरो मन साह्रै रुन्थ्यो।

मेरा बाले मलाई सम्झाए, ुयसले तिम्रो दूध खोजेको हो, अरूको होइन। तिम्रो चुसाउ जति पुग्छ पुग्छ।ु

दूध धेरै निकाल्न ज्वानोको झोल, चाकूदेखि सोयामिल्क, विशेष प्रकारको चियासम्मको प्रयास नि जारी रह्यो। म आमासँग आफ्नो बाल्यकालको कुरा गर्थेँ अनि हामीलाई तर्साउन सुनाउने गरिएका कथा फेरि सुनाउन भन्थेँ।

मेरो आमाले सुनाउने एउटा कथा– मचागाः ९मरेका बच्चा गाड्ने ठाउँ० र लःसीं ९महिला लाखे वा राक्षस० मा दिउँसो समय र राति अग्लो, ठूलो स्तनधारी लःसीले मरेका बच्चालाई दूध खुवाउन आउँथिन्।

मेरो आमाको कथामा त मरिसकेका बच्चाले समेत स्तनपान गर्न पाउँथे तर म भने एउटा फरक यर्थाथमा अभ्यस्त हुँदै थिए। केही समयपछि धाईआमा खोज्ने कुरा नि सेलाएर गयो। दूध नपुग्ने कुरा नि सामान्य लाग्न थाल्यो, बच्चाले स्तनपान, फर्मुला, लिटो लगायत खानेकुरा खान थाल्यो। मलाई नि केही राहत मिल्यो।

मेरो सानो चलाख बच्चाले मेरो हातबाट सकेसम्म बोतल चुस्दैनथ्यो। ऊ मबाट स्तनपानको आशा गर्थ्यो र म नि उसलाई बिहान, बेलुका राति र दिउँसो भ्याएसम्म स्तनपान गराउँथे, अहिले नि गराउँदैछु।

हुन त फर्मूला दूधको प्याकेटमा नि लेखिएको हुन्छ( आमाको दूध नै सर्वोत्तम आहार हो।

मजस्ता हजारौं आमाले त्यो पढीपढी बच्चालाई बोतल चुसाउनु पर्ने अवस्था छ। बाध्यता भन्ने कि नभन्ने, हामी जस्ता धेरैका लागि यो छनौट भने होइन।

आजभोलिका अनुसन्धानले एक वर्षमुनिका बच्चालाई गाईभैंसीको दूध खुवाउनु हुँदैन भन्ने निष्कर्ष निकालेको छ। केही देशका बाल विशेषज्ञले पनि त्यही सल्लाह दिन्छन्। यस परिस्थितिमा, फर्मूला दूध नै विकल्प रहन्छ आमाको दूध नपुगेको अवस्थामा।

ल्याक्टोजिन सायद नेपालमा सजिलै पाइने वा धेरै विक्ने फर्मूला दूध हो। नेस्ले कम्पनीको लाक्टोजिनको इतिहास हेर्ने हो भने यो आफैंमा राम्रो इतिहास भएको कम्पनी भने होइन, अझै पनि ुबोयकट नेस्लेु अभियान चलिरहेको छ। विशेष गरी एउटा कालखण्डमा नेस्लेले अपनाएको बजार रणनीतिका कारण ल्याक्टोजिन जस्ता फर्मूलालाई ुद बेबी किलरु बनाएको कुरा पनि सत्य हो। र, गएको २–३ वर्षभित्र नै नेपालमा ल्याक्टोजिनको मूल्य २–३ पटक बढेको देखिन्छ।

यस अर्थमा ल्याक्टोजिन जस्ता फर्मूला खुवाएर बच्चा हुर्काउनु पर्दा विशेष गरी आमाहरूलाई भावनात्मक मात्र नभई आर्थिक भार पनि थपिएको छ। त्यसमाथि बच्चालाई केही भयो वा बिरामी भयो भने आमालाई दोष। स्तनपान नगराउने आमा, कारण जे सुकै होस, दोषी आमा।

तपाईं, हामी र समाज मिलेर स्तनपान नगराउने आमालाई अगस्ट महिनामा अरू समयमाभन्दा धेरै दोषी करार गरिरहेका छौं।

स्तनपानसम्बन्धी जनचेतना फैलाउनु अनि नीतिगत सुधारका लागि हस्तक्षेप गर्नु आवश्यक छ। तर फर्मूला खुवाउनु, बोतल चुसाउनु अस्वस्थ हुर्काउनु हो, आमाहरूले सजिलोका लागि शल्यक्रिया गरी बच्चा जन्माए, अनि सौन्दर्य बचाउन स्तनपान गराएनन्  भन्ने आक्षेपहरू लगाउनु अनावश्यक।

यहाँनिर मेरो एउटै प्रश्न छ– के तपाईंले शल्यक्रिया गरेर बच्चा जन्माउने ररवा फर्मूला दूध खुवाउने, बोतल चुसाउने आमाको कथा नबुझिकन मदर शेमिङलाई बढावा दिइराख्नु भएको छैनरु आमालाई आमाको रूपमा स्वीकार नगरी शल्यक्रियाबाट बच्चा जन्माउने आमा वा बोतल चुसाउने आमा भनी नानाथरी नयाँ नयाँ वर्गीकरण गरी हेयभाव र भेदभाव दुरुत्साहन त गरिरहनुभएको छैनरु

मेरो ३९ हप्ताको गर्भावस्था र २६ महिनाको मातृत्वको अनुभवका आधारमा एउटा कुरा स्पष्ट पार्न चाहन्छु। सायद तपाईंमध्ये धेरैलाई थाहा नहुन सक्छ वा तपाईंले अनुमान पनि लगाउन नसकेको हुन सक्छ( मदर शेमिङले मजस्ता आमालाई कहाँ दुख्छरु

तपाईंलाई लाग्न सक्छ( मदर शेमिङले आमाको मन दुख्छ। आमाको सम्मान, मर्यादा वा पितृसत्तात्मक सोचविरुद्धको नारीवादी आदर्शमाथि ठेस लाग्छ।

होइन, मदर शेमिङले यर्थाथमा मजस्ता आमालाई प्रसव पीडा र प्रसूति पश्चात योनीमा लगाइएका टाँकाको खत वा चिरिएको पेटको अमिट दाग दुख्छ, त्यो घाउ बल्झिन्छ। तपाईं योनीमा टाँकाको खत भएकी वा पेट चिरिएकी आमा हुनुहुन्न भने सायद यो कुरा तपाईंलाई नपच्न सक्छ। तर यही सत्य हो।

त्यसैले, अबका अगस्ट महिनामा स्तनपान सप्ताह वा महिनाका सन्दर्भमा छापिने सम्पादकीय, लेख समाचार विगतभन्दा फरक हुन्। स्तनपान गराउन संघर्षरत आमाहरूको कथा बोलोस्। आमाहरूलाई काम लाग्ने उपाय देओस् न कि आफ्नो कर्तव्य पूरा नगर्ने गैरजिम्मेवार आमाको ट्यागमात्रै। आमाको अपमान बन्द गरौं, नो मदर शेमिङ प्लिज।

अन्त्यमा, म मातृत्वको लामो यात्रामा निस्केकी छु। यो रूमानी यात्रामा म ज्यादै रमाएकी छु, केही थाकेकी छु, कहीँ कतै सामाजिक रितिथितिसँग हारेकी पनि छु। मातृत्वको यात्रा ज्यादै सुन्दर यात्रा हो, संर्घषपूर्ण यात्रा हो। म जस्ता आमाले यो यात्रा तय नगरे ९अर्को० पुस्ता बन्दैन। पुस्ता बनाउने आमाहरूलाई सकिन्छ सहयोग गरौं, सम्मान गरौं। सकिँदैन, कमसेकम शेमिङ नगरौं।

रुकमणी महर्जन नेपाल ल क्याम्पसका उप–प्राध्यापक हुन्।


Nabintech