यसरी बचौं कोरोना महामारीबाट : यस्ता छन् जोगिने घरेलु र प्राकृतिक उपाय

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७७, मंगलवार

डा हेमराज कोइराला 

१. कोरोना भाइरसबाट बच्न घरमा बसेर अहिले के-कस्ता प्राकृतिक उपचार लिन सकिन्छ? 
घरमा बसेर विशेषतः चार किसिमका विधिहरू अपनाउन सकिन्छ। ती हुन्ः
क. रोगबाट बच्नु वा रोगै लाग्न नदिनु।
ख. रोग प्रतिरोधक क्षमताको सशक्तीकरण गर्नु।
ग. स्वास्थ्य रक्षक जडिबुटीहरूको प्रयोग गर्नु।
घ. पूरक खाद्यको प्रयोग।

२. यो रोगै लाग्न नदिन के गर्न सकिन्छ?
यो रोगबाट बच्नका लागि निम्न लिखित उपायहरू अपनाउन सकिन्छः
क. रोगी वा रोगग्रस्त क्षेत्रबाट टाढा रहने। यसका लागि मुख्यतः लकडाउनको पूर्ण पालना गरी आफूलाई अन्य व्यक्तिहरूबाट टाढा राख्ने।
ख. बाहिर गइहाल्नु परे सामाजिक दूरी बनाउन नभुल्ने।
ग. सबैले छुने वस्तुहरू जस्तोः ढोकाको हत्था, टेबुल, मेच, पैसा, फोन, एटिएम, भाँडाकुडा आदि छुने बित्तिकै साबुनपानीले हात धुने वा हातलाई तुरून्त स्यानिटाइजरले निर्मलीकरण गर्ने।
घ. खोन्दा वा हाच्छिउँ गर्दा नाक वा मुख छोप्ने।
ङ. ज्वरो आएमा, रूघा र सुख्खा खोकी लागेमा, सामान्यभन्दा धरै थकाइ लागेमा, घाँटी दुखेमा वा श्वास फेर्न गाह्रो भएमा तुरून्त चिकित्सकीय परामर्श लिइहाल्ने।
च. भेला, जमघट एवं भीडभाडबाट टाढा रहने।

३. रोग प्रतिरोधक क्षमताको सशक्तीकरण कसरी गर्न सकिन्छ?
रोग प्रतिरोधक क्षमताको सशक्तीकरण कसरी गर्ने भन्नेबारेमा जान्नुभन्दा पहिला प्रतिरक्षा प्रणली वा ब्याधी क्षमत्व भनेको के हो भनेर बुभ्mन जरूरी छ। प्रतिरक्षा प्रणाली अन्तर्गत बोन म्यारो वा हड्डी भित्रको मज्जामा उत्पन्न भई रगत, तन्तुहरू र लिम्फ नोडहरूमा रहेने सेता रक्तकोश हरू, लिम्फनोड, फियो, थाइमस आदिले मिलेर बनेको यस्तो प्रणाली, जसले रोग कारक सूक्ष्मजीवहरू जस्तैः ब्याक्टेरिया, भाइरस, ढुसी, एवं परजीवीहरू शरीरमा प्रवेश गर्ने बित्तिकै आक्रमण गरेर नष्ट गरिदिन्छन्।

प्रतिरक्षा प्रणाली मजबुत भए रोगका किटाणुहरूलाई प्रतिरक्षा प्रणालीका कोषहरूले जित्छ र रोगले केही गर्न सक्दैन। तर प्रतिरक्षा प्रणाली कमजोर भए रोगका किटाणुहरूले जित्छ र मान्छे मर्छ। यसर्थ प्रतिरक्षा प्रणालीको सशक्तीकरण नै हरेक सूक्ष्मजीवबाट हुने रोगहरूको सबैभन्दा भरपर्दो उपचार हो। प्रतिरक्षा प्रणालीको सशक्तीकरण गर्न वा रोग प्रतिरोधक क्षमता बढाउन निम्न प्राकृतिक चिकित्सा विधिहरू अपनाउन सकिन्छः
– दैनिक आठ घन्टाको निद्राः बेलुका ९ बजेदेखि ५ बजे बीचको राम्रो, गहिरो र मिठो निन्द्राले सेता रक्तकोषहरू बढाउने, घाउ खटिरा निको पार्ने र संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

– दैनिक ५ लिटर पानी पिउनेः पर्याप्त पानी पिउनाले शरीरमा विजातीय द्रव्यहरूको संकलन हुन पाउँदैन। यसो हुँदा शरीरमा अनावश्यक रूपमा हानिकारक ब्याक्टेरिया, भाइरस, ढुसी एवं परजीवीहरूको वृद्घि हुन पाउँदैन। यसका अलावा पानी कम हुँदा शरीरमा विषाक्त पदार्थहरू जम्मा भई प्रतिरक्षा प्रणालीका कोषहरूलाई समेत निष्तेज पार्दछ।

– दैनिक ४५ मिनेटको योगाभ्यासः योगाभ्यासले शरीरमा रक्तसञ्चार सूचारू पार्ने, पोषक तत्वहरूको समान वितरण गर्ने, विजातीय द्रव्यको निष्काशनमा भूमिका खेल्ने र प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादन गर्न मद्दत गर्दछ।

– १५ मिनेट कपालभाती वा भस्त्रिका प्रणायामः कपालभाती, भस्त्रिका, सुदर्शन क्रिया जस्ता छिटो–छिटो श्वास लिएर गरिने प्राणायामले शरीरमा नेचुरल किलर सेल र टी सेलको मात्रा बढाउने हुँदा भाइरसको संक्रमणसँग लड्न मद्दत गर्छ।

– साँझ ३० मिनेटको ध्यानः ध्यानले तनाव कम गर्छ। तनाव कम हुँदा प्रतिरक्षा प्रणली आफैं मजबुत हुन्छ।

– साकाहारी खानाः साकाहार मानवको प्रकृतिप्रदत्त अधिकार हो। साकाहारी जीवनशैली अपनाउँदा मान्छेले आफूलाई धरै जुनोसिस (जनावरबाट मान्छेमा सर्ने रोगहरू) बाट बच्न सक्छ। यसका अलवा मंसाहारीलाई विभिन्न किसिमका संक्रमणहरू पनि भइरहन्छन्। साकाहारी खानाले संक्रमण र प्रदाहलाई निको पार्न मद्दत गर्छ।

– दैनिक ७५० ग्राम (पाँच पोर्सन) फलपूmल एवं तरकारीको सेवनः फलपूmल एवं तरकारी हरूमा प्रशस्त मात्रामा भिटामिन, खनिज एवं लवण र एन्टी–अक्सिडेन्टहरू पाईन्छन्। यी तत्वहरूले रोग प्रतिरोधक कोषहरूको उत्पादन एवं वृद्घि–विकासमा महत्वपूर्ण भूमिका खेल्छ।

– बिहान आधा घन्टाको सूर्य स्नान (घाम तपाइ): सूर्यको प्रकाश सर्वश्रेष्ठ प्राकृतिक किटनासक हो। यसका अलावा सूर्य–स्नान गर्दा शरीरमा प्रतिरक्षा प्रणलीलाई मजबुत पार्ने भिटामिन डीको संश्लेषण हुन्छ।

– रेसा र चोकरयुक्त खानेकुराः रेसा एवं चोकरले विजातीय द्रव्यहरूलाई शरीरबाट निष्काशन गर्न, पाचन प्रणालीलाई सफा गर्न र संक्रमणलाई निस्तेज गर्नमा मद्दत गर्छ।

– हप्ताको एक दिन उपवासः उपवासले प्रतिरक्षा प्रणालीलाई रिसेट गर्न मद्दत गर्दछ एवं उपवासपश्चात प्रतिरक्षा प्रणालीका कोषहरूको उत्पादनलाई पनि मद्दत गर्छ।

– सकारात्मक सोचः महामारी पैmलँदा मान्छे रोगले भन्दा पनि डरले मर्ने गर्छन्। यस्तो बेलामा सकरात्मक हुँदा समस्यासँग लड्न थप बल प्राप्त हुन्छ।

– प्रकृतिसँगको सामिप्यताः प्रकृतिसँगको सामिप्यताले प्रकृतिमा विद्यमान ब्याक्टेरिया, भाइरस, ढुसी एवं परजीवीहरूसँग प्रतिरक्षा प्रणलीको जम्काभेट भइरहने हँुदा प्रतिरक्षा प्रणालीलाई चुस्त राख्न मद्यत गर्छ।

– धूमपानको एवं मद्यपान त्यागः धूमपान एवं मद्यपानले प्रत्यक्ष रूपमा प्रतिरक्षा प्रणलीलाई निस्तेज गर्दछ।

– चिनीको सेवन नगर्नेः चिनी सेवनले मुखमा एवं शरीरमा हानिकारक ब्याक्टेरियालाई आकर्षित गर्छ। यी ब्याक्टेरिया भएको ठाउमा भाइरस चाँडै आकर्षित हुन्छ र संक्रमण फैलन्छ।

– जंकफुड, फाइडफुड, रिफाइन्डपूुड नगर्नेः जंकफूड, फाइडफुड, रिफाइन्डफुडमा विद्यमान हानिकारक केमिकलहरूले रगतमा विद्यमान प्रतिरक्षाका कोषहरूलाई निस्तेज बानाइदिन्छन्।

यी विधिहरूको यथोचित प्रयोगले हाम्रो शरीरको व्याधी क्षमत्व वा रोग प्रतिरोधक क्षमता बढ्छ। व्याधी क्षमत्व मजबुत भएपछि रोगलाई सजिलै जित्न सकिन्छ।

४. हाम्रा भान्सामा प्रयोग हुने सामग्रीहरुबाट कोरोना रोगको उपचार गर्न सम्भव छ? 
भान्सामा पाइने विभिन्न मरमसला एवं जडिबुटीहरूको प्रयोग गरेर व्याधी क्षमत्वलाई सशक्त गर्नुका साथै कोरोना रोगले उत्पन्न गरेको विषम परिस्थितिलाई समेत नियन्त्रणमा लिन सकिन्छ।

५. यी मरमसला एवं जडिबुटीहरू केके हुन्?
गुर्जो, दालचिनी, जिरा, धनियाँ, बेसार, लसुन, ज्वानो, असुरो, तुलसी, अमला आदिमध्ये कुनै एकको उपयोग गर्न सकिन्छ।

६. यी जडिबुटीहरूको उपयोग कसरी गर्ने? 
क. गुर्जोको उपयोग गर्दा आप्mनो हातको भित्ताले एक भित्ता (१० देखि १५ सेमी) लामो ताजा गुर्जोको डाँठलाई राति सिलौटोमा कुटेर एक गिलास पानीमा हालेर छोडिदिनुहोला र यो पानीलाई भोलिपल्ट बिहान कपडाले छानेर पिउनु होला। गुर्जोको धुलो (गुडुची चुर्ण)प्रयोग गर्नुहुन्छ भने ५ ग्राम गुडुची चुर्णलाई एक गिलास तातोपानीमा हालेर छोपिदिनुहोस। छोपेको ५ मिनेटपश्चात् यो औषधिलाई विस्तारै स्वाद लिँदै पिउनुहोस।

ख. तीन ग्राम दालचिनीको धुलोलाई एक गिलास तातो पानीमा हालेर पिउँदा वा बजारमा उपलब्ध दालचिनीको एउटा क्याप्सुल राति सुत्ने बेलामा खाँदा पनि रोग प्रतिरोधक क्षमता बढ्छ।

ग. जिरा, धनियाँ, बेसार, लसुन, ज्वानो जस्ता जडिबुटीहरूलाई खानामा समावेश गरौं।

घ. जडिबुटी काढाको प्रयोगः आधा लिटर पानीमा १ ग्राम (एक चुट्की) मरिच, १ ग्राम सुठो, १ ग्राम दालचिनी एवं १ चिया चम्चा सख्खर हालेर उमाल्नुहोस। सबै जडिबुटीहरू मजाले पाकिसके पछि १० वटा तुलसीको पातलाई त्यस घोलमा हालेर ढाकिदिनुस्। यसरी बनेको काढालाई ५ मिनेटपश्चात् तात्तातै पिउनुस्। यो काढाले प्रतिरक्षा प्रणालीलाई मजबुत पार्नुका साथै कफ फटाउने एवं गला  बसेको, घाँटी दुखेको निको पार्दछ।

ङ. अचानक रुघामर्कीले सताइहाल्यो भने मरिच, सुठो र सख्खरलाई एकसाथ उमालेर चुल्होबाट निकालिसकेपश्चात तातो घोलमा एउटा असुरोको पातलाई राम्रोसँग धोएर ससाना टुक्रा बनाएर उक्त घोलमा हालेर छोपिदिनुहोस। यसरी बनेको काढालाई ५ मिनेटपश्चात् तात्तातै पिउनुहोस।

च. ५ ग्राम अमलाको चुर्णलाई वा त्रिफला चुर्णलाई एक गिलास तातोपानीमा हालेर छोपिदिनुहास। छोपेको ५ मिनेटपश्चात् यो औषधिलाई विस्तारै स्वाद लिँदै पिउनुहोस। यसरी बनाएको औषधि दैनिक २ देखि ३ चोटी पिउनुहोस।

छ. एक गिलास दूधमा १ देखि २ ग्राम शुद्घ बेसार हालेर राति सुत्ने बेलामा पिउनुहोस। यो विधिले पनि प्रतिरक्षा प्रणालीलाई मजबुत पार्दछ।

ज. आधाआधा घन्टामा एक–एक गिलास मनतातो पानी पिउँदै रहनु होला ।

७. कोरोना संक्रमणबाट बच्न व्यक्तिगत स्वच्छताको कति महत्व छ? 
कोरोना मात्र होइन, अधिकांश संक्रामक रोगहरूको सम्बन्ध  व्यक्तिगत स्वच्छतासँग छ। व्यक्तिगत स्वच्छता अपनाएर पनि कोरोना संक्रमणलाई मात दिन सकिन्छ। कोरोना संक्रमणको मामलामा हात, खुट्टा, नाक, मुख एवं गलाको सफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ। हात र खुट्टाको सरसफाइका लागि नियमित साबुनपानीले हात गोडा धोइरहनुपर्छ भने नाक, मुख एवं गलाको सफाइका लागि भने  जलनेती, कुञ्जल, वाष्प ग्रहण एवं नाक एवं मुखमा घ्यू वा तेल स्नेहन जस्ता विशेष चिकित्सकीय विधिहरू अपनाउन सकिन्छ।

क. जलनेतीः उमालेर सेलाउँदै गरेको १ लिटर मनतातो पानीमा १५ ग्राम नुन हालेर नुनलाई पूरै घुल्न दिनुहोस। अब यो मनतातो पानीलाई जलनेती पात्र वा पानी खाने करूवामा हालेर एउटा नाकको प्वालबाट हालेर अर्को नाकबाट निस्कन दिनुपर्छ र एउटा नाकबाट हालिसकेपछि अर्को नाकबाट पनि गर्नुपर्छ। यसो गर्दा नाक पूरै सफा हुन्छ। यो विधि नितान्त प्राविधिक भएकाले दक्ष प्रविधिकसँग सिकेर मात्र अपनाउनु होला।

ख. कुञ्जलः कुञ्जल पेट एवं गला सफा गर्ने विधि हो। यसका लागि डेढदेखि दुई लिटर उमालेर सेलाउँदै गरेको मनतातो पानीको आवश्यकता पर्छ। मनतातो पानीमा ठिक्क नुन हालेर घोल्नु पर्दछ। नुन पूरै घुलिसकेपछि टुक्रूक्क बसेर सबै पानी छिटोछिटो घटघट पिउनु पर्छ। पिउने वित्तिकै उभिएर मुखमा हातको औला हालेर पूरै पानी छादिदिनु पर्छ। यो पनि नितान्त प्राविधिक विधि भएकाले दक्ष प्राविधिकसँग सिकेर मात्र अपनाउनु होला।

ग. वाष्प ग्रहणः उम्लिएको पानीमा सञ्चो वा पुदिनाको पात वा तुलसीको पात हालेर सो पानीको वाष्प ग्रहण गर्नुपर्छ। वाष्प ग्रहण गर्दा वाफलाई एकत्रित गर्न कम्बलले मूख छोप्नुपर्छ। आजकाल बजारमा फेसियल सोनाको नामले वाष्प यन्त्रहरू पनि पाइन्छन्।

घ. नाकमा घ्यू वा तेल हाल्नेः दैनिक दुई पल्ट दुवै नाकमा दुई– दुई थोपा तिलको तेल वा नरिवलको तेल वा तोरीको तेल वा गाईको घ्यू हाल्ने गर्नुहोस। यसले नाकमा संक्रमण हुन दिँदैन।

ङ. तेल वा घ्यूले कुल्ला गर्नेः ठूलो चम्चाको एक चम्चा तोरी, तिल वा नरिवलको तेल वा गाईको घ्यूलाई मुखमा हालेर ३ मिनेटसम्म कुलुकुलु गरिरहनुहोला। तीन मिनेटपछि यो तेल वा घ्यूलाई ननिली सबै थुकिदिनुहोला। एक छिनपछि मनतातो पानीले मुख कुल्ला गर्नुहोला। यी विधिले पनि भाइरसको संक्रमणबाट बचाउँछ।

८. प्रतिरक्षा प्रणलीलाई मजबुत बनाउन कस्तो खानेकुरा खानुपर्छ?
प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मुख्यतः अमिला वर्गका फलपूmलहरू जस्तैः कागती, सुन्तला, जुनार, अमला, निबुवा, बिमिरो, भोगटे, तरकारीमा रातो भेडे खोर्सानी, ब्रोकाउली, चम्सुर, पालुंगो, लुडे, लट्टे जस्ता सागपात, किबी, मेवा, गान्जर जस्ता फलपूmल,  अदुवा, लसुन, जिरा, धनियाँ, ज्वानो, बेसार, जस्ता मरमसला, मोही, दही, तामा, सिन्की गुन्द्रुक, कडी, सोल्लर जस्ता प्रोबायोटिकयुक्त पेय, बदाम, किसमिस, काजु,  सूर्यमुखीको बियाँ, फर्सीको बियाँ जस्ता तैलीय बिज, तुलसी, रोजमेरी, गुर्जो, असुरो, ग्रिन टी जस्ता जडिबुटी चिया आदिको सेवनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ।

९. यो रोगको रोकथाम एवं नियन्त्रणमा पुरक खानाको भूमिका चाहिँ कस्तो रहन्छ?
सूक्ष्म पोषक तत्वहरू जस्तैः भिटामिन सी, भिटामिन डी एवं जिंक जस्ता खाद्य पुरकको सेवन गरिरहँदा राम्रो हुन्छ। यी सूक्ष्म पोषक तत्वहरू शरीरमा सेता रक्तकोषहरू बन्नका लागि चाहिन्छ।

अन्त्यमा, कोरोना महामारी एउटा वैश्विक महामारीको रूपमा देखापरेको अत्यन्त खतरनाक रोग हो। यो रोग यति घातक भएर देखापर्नुमा कतै न कतै मानवीय त्रुटि र भूलहरू जिम्मेवार छन्। यी त्रुटि र भूलमध्ये मुख्य भूल मानिसले प्रकृतिमाथि गरेको आन्धाधुन्ध दोहन एवं शोषण हो। जुन दिन मान्छेले प्रकृतिसँग सात्म्य सम्बन्ध बनाएर जीव, जीवन र जगत रक्षाको लागि पुनः प्रकृतिमा फर्किन्छ, त्यो दिन कोरोना जस्ता महामारीमाथि मानवले विजय प्राप्त गर्दछ। यसर्थ जीव, जीवन र जगत रक्षाको लागि यथाशीघ्र प्रकृतिमा फर्कौं।

-(लेखक भरतपुरस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन्)

साभारः स्वास्थ्य खवरबाट


Nabintech