आइसोलेसनबाट वडाअध्यक्षको सन्देश- ‘म ठिक छु ’

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७७, सोमबार

नेपालगन्ज १९, साउन ।

कोरोना संक्रमणपछि नेपालगन्ज उपमहानगरपालिका एकका अध्यक्ष प्रमोद रिजालले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताउनु भएको छ । सोमवार कोरोना देखिएपछि रिजाललाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा उपचारका लागि राखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका अध्यक्ष रिजालले फेसबुकमा सन्देश दिंदै भन्नुभएको छ ‘वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा आज मिति २०७७ साउन १९ गते मलाई कोरोनाको संक्रमण देखियो । हाल खजुरास्थित कोरोना बिशेष आइसोलेसन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको छु । हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस परिस्थितिमा शुभेच्छा र सद्भावका लागि धन्यवाद ।’

सोमवार वडा अध्यक्ष रिजाल सहित नेपालगन्ज उपमहानगरपालिकाका एकजना अधिकृतलाई संक्रमण भएको छ ।

  • १९ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech