भेरीमा थप एकमा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७७, शुक्रबार

नेपालगन्ज १६, साउन ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विहानदेखि दिउँसो ४ बजेसम्म १५५ नमुना परीक्षण गरिएकोमा रोल्पा गंगादेवी ६ का ३२ बर्षका पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।

यो सँगै भेरीको प्रयोगशालामा पुष्टि भएका संक्रमितको संख्या ८६४ पुगेको छ ।


Nabintech