आधा घण्टाको फरकमा दुई संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १५ बैशाख २०७८, बुधबार

सुर्खेतः कर्णाली प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतमा दुई र दैलेखमा एकजनाको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मंगलबार राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिनुभयो।

आधा घण्टाको फरकमा उनीहरूको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा केएन पौडेलले बताउनुभयो ।

यस्तै कोरोना संक्रमणबाट दैलेखको नारायण नगरपालिका–१ का ७५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । उपचारको क्रममा कोरोना अस्पतालमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको निर्देशनालयले जनाएको छ ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech