नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३९ पुग्यो

    • स्वास्थ्य पेज

  • २१ फाल्गुन २०७७, शुक्रबार

तस्विर: फाइल

काठमाडौंः पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभरका प्रयोगशालामा ६ हजार १४३ जनाको नमुना परीक्षण गर्दा ५१ जना महिला र ६९ जना पुरुष गरी कुल १२० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७४ हजार ७६६ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार ९६६ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०१९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech