वीर अस्पतालका आवासीय चिकित्सक र अस्पताल प्रशासनबीच चारबुँदे सहमति

    • स्वास्थ्य पेज

  • २३ माघ २०७७, शुक्रबार

काठमाडौं: कोभिड–१९ जोखिम भत्ताको माग गर्दै आन्दोलनरत वीर अस्पतालका आवासीय चिकित्सक र अस्पताल प्रशासनबीच चारबुँदे सहमति भएको छ ।अस्पताल प्रशासनले जोखिम भत्ता उपलब्ध गराउने सहमति गरेको हो ।

सहमति पछि चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका छन् । वीर अस्पताल प्रशासन र रेजिडेन्ट एसोसिएसन अफ न्याम्सबीच चारबुँदे सहमति भएको हो ।
अस्पताल प्रशासन र आवासीय चिकित्सकबीच भएको ४ बुँदे सहमति
१. चैत महिनदेखी आजका मितिसम्म सधैं अग्रपंक्तिमा रहि कोभिडका बिरामीको उपचारमा खटिएका रेजिडेन्ट चिकित्सकहरु लाई नेपाल सरकारको निर्देशिका बमोजिमको सम्पूर्ण भत्ता उपलब्ध गराउन वीर अस्पताल प्रशासन प्रतिबद्ध छ। हाल मन्त्रालय बाट प्राप्त बजेट पुर्ण रुपमा भत्ता उप्लब्ध गराउन अपर्याप्त रहेको हुँदा तत्कालको लागि निश्चित मापदण्डको आधारमा रेजिडेन्ट डाक्टरलाई बजेटको परिधि भित्र रहि केहि भत्ता प्रदान गर्ने सहमति भएको छ। साथै थप बजेट प्राप्त हुँदासाथ रेजिडेन्ट डाक्टरहरुलाइ पहिलो प्राथमिकतामा राखी बाकी रकम उप्लब्ध गराउने सहमति भएको छ।

२. फागुन महिना भित्रमा वीर अस्पताल प्रशासनले डिउटी रोस्टर र निर्देशिका को आधारमा रेजिडेन्ट डाक्टरहरुले २०७६ चैत देखि २०७७ माघसम्म पाउनुपर्ने कुल जोखिम भत्ता हिसाब गरि अद्यावधिक गर्ने र त्यसैको आधारमा बाकी भत्ता उपलब्ध गराउने सहमति भएको छ ।

३. अब उप्रान्त जोखिम भत्ता र कोभिड व्यवस्थापन सम्बन्धि अस्पतालले गर्ने हरेक महत्वपूर्ण निर्णयमा आरएनले तोकेको प्रतिनिधिको अनिवार्य सहभागिता सुनिश्चित गर्ने सहमती भएको छ।

४. आन्दोलनरत रेजिडेन्ट डाक्टरहरुले आजैका मितिदेखी आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु स्थगित गर्ने सहमति भएको छ।

  • २३ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech