कर्णाली प्रदेश अस्पतालमा सुर्खेतका कोरोना संक्रमित युवाको मृत्यु

    • स्वास्थ्य पेज

  • ५ मंसिर २०७७, शुक्रबार

 

सुर्खेत ५, मंसिर ।

सुर्खेतका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरेन्द्रनगर–१२ का ३३ वर्षीय युवाको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।

उच्च ज्वरो आएपछि ति युवालाई बिहीबार साँझ ७ बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेर उपचार गरिएको थियो ।

एन्टेवायोटिकसहितको सहयोगात्मक सबै उपचार गर्दा पनि विरामीलाई बचाउन नसकिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

ति व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब शुक्रबार विहान ९ बजे लिएको र दिउँसो ४ बजेर २० मिनेटमा रिपोर्ट पोजेटिभ आएको कँडेलको भनाइ छ ।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । उनको शव व्यवस्थापन शनिवार मात्रै जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech