धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • १६ कार्तिक २०७७, आईतवार

 

काठमाडौ १६,कात्तिक ।

कोरोना संक्रमितहरुको उपचारका लागि धरौटी नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ ।

कोरोनाको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धरौटी मागेका सरकारी अस्पतालहरुसँग स्पष्टीकरण सोधिएको बताउनुभयो ।

उहाँले सक्ने व्यक्ति स्वयंले उपचार गर्ने र नसक्नेहरुको उपचार सरकारले नै गर्ने निर्णय यथावत् रहेको बताउनुभयो।

धरौटी सहितका विभिन्न अस्पतालका सूचना प्रकाशन पछि अहिले सामाजिक सन्जालमा चर्को विरोध भैरहेको छ ।

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech