गीता पाण्डे मृत्यु प्रकरण: मेडिकल काउन्सिलले विशेषज्ञ टोलीमार्फत छानबिन गर्ने

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०८३, बुधबार

नेपालगन्ज: बुटवलमा गर्भपतनका क्रममा २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनालाई नेपाल मेडिकल काउन्सिलले गम्भीरतापूर्वक लिँदै उच्चस्तरीय छानबिन प्रक्रिया अगाडि बढाएको छ। उपचारमा संलग्न चिकित्सक र स्वास्थ्य संस्थाको लापरबाही औँल्याउँदै काउन्सिलमा टेलिफोनबाट जानकारी र सञ्चारमाध्यममा समाचार आएपछि छानबिन प्रक्रिया सुरु भएको हो।

काउन्सिलका रजिस्ट्रार डा. सतिष देवका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन विशेषज्ञ चिकित्सकको नेतृत्वमा एक छानबिन समिति गठन गर्ने तयारी भइरहेको छ। ‘हामीले यो विषयलाई अत्यन्तै गम्भीरताका साथ लिएका छौँ,’ डा. देउले भने, ‘काउन्सिलमा घटनाका विषयमा फोन मार्फत र सञ्चारमाध्यमबाट जानकारी आएपछि हामीले प्रक्रिया अगाडि बढाउन लागेका हौं। यस विषयमा हामी छलफल गर्दै उच्चस्तरीय छानबिन अगाडि बढाउँछौं।’

भ्रुण असामान्य रहेको भन्दै एकपछि अर्को क्लिनिकमा पठाइएकी पाण्डेको मृत्युका पछाडि ‘आर्थिक लाभको जालो’ र ‘उपचारमा गम्भीर लापरबाही’ भएको आरोप लगाइएको छ।घटनापछि प्रहरीले २ जना चिकित्सकसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

  • ९ बैशाख २०८३, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech