विश्व क्यान्सर दिवस : सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा जनचेतना र रक्तदान कार्यक्रम

    • स्वास्थ्य पेज

  • २१ माघ २०८२, बुधबार

कोहलपुर: बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आज विश्व क्यान्सर दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइएको छ । क्यान्सर रोगको समयमै पहिचान, उपचार र निवारणमा सबैको साझा भूमिका आवश्यक रहेको सन्देश दिन अस्पतालले अन्तरक्रिया तथा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

अस्पतालमा आयोजित रक्तदान कार्यक्रम

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा क्यान्सर रोगीलाई ढिलो नगरी अस्पताल र उपचारको पहुँचमा ल्याउन समाजका सबै तह जिम्मेवार हुनुपर्नेमा जोड दिइयो । प्रारम्भिक अवस्थामै रोग पहिचान भए क्यान्सरको उपचार सम्भव हुने भएकाले जनचेतनालाई अझ सशक्त बनाउनुपर्ने धारणा व्यक्त गरिएको बताईएको छ ।

यस्तै अस्पताल परिसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ । अस्पतालका निमित्त निर्देशक डा. ज्वलन्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १० जनाले  रक्तदान गरेका छन् । अस्पतालका फार्मेसी सुपरभाइजर दिनेश नेपालीका अनुसार यस्ता कार्यक्रमले क्यान्सर बिरामीको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने विश्वास लिइएको छ ।

  • २१ माघ २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech