भेरी अस्पताल प्रशासनद्धारा फार्मेसीका दुई जना कर्मचारी निलम्वित

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०८२, बुधबार

नेपालगन्जः भेरी अस्पताल प्रशासनले फार्मेसीका दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्वन गरेको छ ।

वीमामा आवद्ध भएका एक जना बिरामीबाट औषधि वाफतको रकम क्यासमा रिर्टन गरेको पाइएपछि दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्वन गरेर स्पष्टिकरण सोधिएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले बताए ।

एक जनालाई शुक्रबार र अर्कोलाई मंगलबार निलम्वन गरिएको हो । उनीहरुमाथि आन्तरिक अनुसन्धान भइरहेको डा.सुवेदीले बताए । उनीहरुले दिने स्पष्टिकरणका आधारमा कारवाही प्रक्रिया अगाडि बढ्ने पनि उनले बताए ।

अस्पताल फार्मेसीलाई व्यवस्थित बनाउनका निमित्त अनुगमनलाई समेत सघन बनाएको अस्पताल प्रशासनले त्यहीक्रममा फार्मेसी काउन्टरका ती कर्मचारीको वदमासी भेटिएको हो ।

  • ४ भाद्र २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech