नेपालगन्ज: बाँकेको राप्तिसोनारी गाउँपालिकाले स्वास्थ्य शिविरका माध्यमबाट ठूलो सङ्ख्यामा उपचार सेवा प्रदान गरेको छ । जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तरगत सबै वडाहरुमा अहिले विशेषज्ञ स्वास्थ्य शिविर भइरहेको छ भने महिलाहरुको पाठेघरको रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य परीक्षण, नाक–कान–घाँटी तथा दन्त रोग परीक्षण लगायतका सेवा प्रवाह गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।
उनका अनुसार सबै वडामा महिलाहरुलाई पाठेघरको क्यान्सरबाट जोगाउन गरिएको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविरमा ७ सय ७२ जनाको चेकजाँच गरिएको थियो । उनीहरु ३० वर्षमाथिका थिए । ५ सय ७२ जना महिलाको भिआइए परीक्षण गर्दा ५७ जनामा पाठेघरमा क्यान्सर शंकास्पद लक्षण चिन्ह देखिएको थियो । ४ जनालाई तेस्रो चरणको पाठेघर खस्ने समस्या देखिएपछि रिंग पेसरी राखिएको पनि उनले बताए ।
त्यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुर बाँकेको प्राविधिक सहयोग तथा यस गाउँपालिकाको आर्थिक सहयोगमा नाक–कान–घाँटी तथा दन्त रोग परीक्षण सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर करिब १ हजार ५ सय जनालाई सेवा प्रदान गरिएको छ ।
यस्तै वि-ग्रुप बाँकेको आर्थिक सहयोग तथा गाउँपालिकाको प्राविधिक सहयोगमा ९ वटै वडाहरुमा ५ बर्ष उमेर समुहका ४ हजार ८ सय ६३ जना वालवालिकाहरुको पोषण अवस्था लेखाजोखा कार्यक्रम सम्पन्न गरिएको छ । तीमध्ये ३१ जना वालबालिका अति शिघ्र कुपोषणमा रहेको अवस्था पत्ता लगाई उपचार गरिएको छ ।
यस्तै फत्तेवाल आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा सबै वडाहरुमा नि:शुल्क आँखा शिबिर पनि संचलन गरिएको छ । शिविरमा जेष्ठ नागरिकसहित १ हजार ३ सय ४१ जनाले नि:शुल्क आँखा परीक्षण गरि छनौट भएका २ सय ९६ जना बिरामीहरुको नि:शुल्क अप्रेसन सम्पन्न गरिएको छ।
आर्थिक वर्ष २०८१ मा पालिकाको यस्तो छ प्रगति विवरण
- एकिकृत स्वास्थ्य तर्फका कार्यक्रमहरुको पालिका स्तरिय वार्षिक समिक्षा गोष्ठी भाद्र महिनामा सम्पन्न गरिएको ।
- राष्ट्रिय क्षयरोगतको कार्यक्रमको वार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण भाद्र महिनामा सम्पन्न ।
- नेपाल राष्ट्रिय आधारभुत विद्यालय राजपुरमा अध्यनरत वालबालिलकाहरुमा देखिएको Panic Disorder(Mass) समस्याको निराकरण नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कन्सलटेन्ट साइकियाट्रिस्ट डाक्टरद्धारा मनोपरामर्श सहितको उपचार व्यवस्थापन गरिएको ।
- नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेको प्राविधिक सहयोग तथा राप्ती सोनारी गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती सोनारी आधारभुत अस्पताल बैजापुर बाँकेमा १ दिने नि:शुल्क दन्त रोग परिक्षण स्वास्थ्य शिविर सम्पन्न गरिएको ।
- BEE Group Poshan परियोजनाको कार्यक्रम शुभारम्भ बैठक आश्विन महिनामा संचालन गरी राप्तीसोनारी गाउँपालिकाको वडा नं. १, ६ र ७ छनौट गरि वडामा उक्त परियोजना संचालन गरी कार्य प्रारम्भ गरिएको ।
- BEE Group Poshan परियोजनाको आर्थिक सहयोग तथा राप्तीसोनारी गाउँपालिकाको प्राविधिक सहयोगमा गाउँपालिकको सबै वडाहरुमा ५ वर्षमुनिका सबै वालवालिकाहरुको पोषण अवस्थाको परिक्षण गरी सम्पन्न गरिएको ।
- नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्धारा शसर्तमा विनियोजन रहेको नियमित खोप कार्यक्रमको पुर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम मिति २०८१/०९/१७ गते गाउँपालिका सभाहलमा सम्पन्न गरिएको ।
- तिलगंगा आँखा उपचार केन्द्र राप्तीसोनारी आखा उपचार केन्द्र बैजापुर बाँकेद्धारा यस गाउँपालिका वडा नं॰ ५,८,९ र २ वडाहरुमा मोतियाविन्दु सम्बन्धि छनौट शिविर संचालन गरिएको।
- व्रिनोज कान स्याहार केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा यस गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा १ दिने निशुल्क कान स्वास्थ्य शिविर सम्पन्न गरिएको ।
- ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ्गद्धारा फत्तेपुर स्वास्थ्य चौकी बाँकेमा २०८१/०९/१८ गते १ दिने सिकलसेल रोग सम्बन्धि रक्त नमुना परिक्षण स्वास्थ्य शिविर संचालन गरि ६७२ जनाको रक्त परिक्षण सम्पन्न गरिएको ।
- पूर्ण खोपमुक्त वडा पालिका तथा गाउँपालिकाका लागि वडा स्तरिय घरधुरी सर्भेक्षण कार्यक्रम पौष महिनाबाट सबै स्वास्थ्य संस्थाहरु तथा वडाबाट कार्य प्रारम्भ सुरुवाट भएको ।
- राप्तीसोनारी आधारभुत अस्पताल बैजापुर बाँकेमा फार्मेसी सेवा संचालनका लागि आवश्यक कानुनी प्रक्रियाहरु पुरा गरी संचालनमा रहेको ।
- राप्तीसोनारी गाउँपालिका अन्तर्गतका सबै वडाहरुमा किशोरी आईरन फोलिक एसीड कार्यक्रम विद्यालय नर्स तथा स्वास्थ्यकर्मीहरुको सहकार्यमा सबै वडामा रहेको विद्यालयमा अध्यनरत किशोरीहरुलाई प्रथम र दोस्रो चरणको किशोरी आईरन फोलिक एसीड खुवाउने कार्यक्रम सम्पन्न गरिएको ।
- पूर्णखोप सम्बन्धि गाउँपालिका स्तरीय १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न |
- वि-ग्रुप बाँकेको आर्थिक सहयोगमा राप्ति सोनारी गाउँपालिका वडा नं. १,६ र ७ वडाका ५० घरपरिवारका १००० दिने आमाहरुलाई बायो सस्याण्ड फिल्टर वितरण गरिएको |
- एच.पी.भी खोप अभियान २०८१ सम्पन्न ३१८५ जना किशोरीहरुलाई खोप प्रदान गरिएको ।
- नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आव्ह्वानमा फाल्गुन महिनालाई नसर्ने रोग पहिचान महिनाको रुपमा कार्यक्रम संचालन गरि सम्पन्न गर्ने अभियानमा सबै वडाहरुमा प्रदेश सरकार र यस गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ११२५ जनाको रगत, पिसाब तथा BMI जांच कार्यक्रम सम्पन्न गरिएको ।
- म.सा.स्वा.स्वयं सेविकाको यस आ.ब.को बिमा रकम भुकतानी गरिएको ।
- म.सा.स्वा.स्वयं सेविका तथा आमा समुहहरुलाई झोला तथा टिनको बाकस खरिद प्रकिया अगाडी बढाईएको।
- प्रदेश सरकारको सहयोगमा यस गाउँपालिका मातहत रहेका ३ वटा स्वास्थ्य संस्थाहरुमा IHMIS कार्यक्रम लागु गरि फाल्गुन १ गते देखि संचालनमा रहेको साथै बाँकी रहेका सबै वडाहरुमा निशर्तको बजेटबाट IHMIS प्रविधि खरिद गरी लागु गरिएको ।
- आई.एन.एफ. बाँकेको आर्थिक तथा प्राविधिक सहयोगमा यस गाउँपालिकाको वडा नं.६ र ७ मा छाला रोग स्वास्थ्य शिबिर संचालन गरि ५ जना कुष्ठ रोगि पत्ता लगाई उपचार प्रकियामा रहेको ।
- फत्तेवाल आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा सबै वडाहरुमा नि:शुल्क आँखा शिबिर संचलन गरि १३४१ जना जेष्ठ नागरिक लगायतका नागरिकहरुको नि:शुल्क आँखा परिक्षण गरि छनौट भएका २९६ जना बिरामीहरुको नि:शुल्क अप्रेसन सम्पन्न गरिको ।
- स्वास्थ्य तर्फ एकीकृत स्वास्थ्यको अर्ध-बार्षिक समिक्षा तथा क्षयरोगको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिएको ।
- नेपालगन्ज मेडिकल कलेज कोहलपुर बाँकेको प्राविधिक सहयोग तथा यस गाउँपालिकाको आर्थिक सहयोगमा नाक–कान–घाँटी तथा दन्त रोग परीक्षण सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर सबै वडामा सम्पन्न गरि करिब १५०० जनालाई सेवा प्रदान गरिएको ।
- सिकल सेल रोग सम्बन्धि रक्त परिक्षण स्वास्थ्य शिबिर २, ८, ९ र ७ नम्बर वडामा संचालन गरि १७५० जना लक्षित व्यक्तिहरुको रक्त परीक्षण गरिएकोमा हालसम्म २ जना व्यक्तिहरु सिकलसेल रोगी पत्ता लगाएको ।
- क्षयरोग समबन्धि खकार परीक्षण स्वास्थ्य शिबिर सबै वडाहरुमा संचालन गरी २ जना नयाँ क्षयरोगिहरु पत्ता लगाएको ।
- यस गाउँपालिकाको वडा नं, ८ मा बर्थिंग सेवा सुचारु गरिएको ।
- यस गाउँपालिकाको वडा नं. ६ मा ल्याब सेवा संचालन गरिएको ।
- यस गाउँपालिकाको वडा नं. ४ को गुर्दनगौरिमा बैसाख २१ गते फैलिएको झाडापखाला चिकित्सक सहितको टोलि परिचालन गरि नियन्त्रण गरिएको ।
- बैशाख महिनामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरिएको ।
- यस गाउँपालिका वडा नं.२,७,८ र ९ मा लक्षित थारु बहुल गाउँटोलहरुमा सिकलसेल रोग सम्बन्धी रक्त परीक्षण स्वास्थ्य शिबिर संचालन गरि १७३७ जना व्यक्तिहरु रक्त परिक्षण गर्दा १४२३ जनाको रक्त परीक्षण रिपोर्ट सामान्य तथा २३३ जनाको रिपोर्ट शकास्पद रहेको देखिएको तथा उक्त रक्त नमुनाको थप HPLC जांच गर्दा २२६ बाहक तथा ६ रोगी पत्ता लगाईएको थियो ।
- यस गाउँपालिकाको वडा नं.४,७ र ८ नं.वडामा मानसिक रोग सम्बन्धी स्वास्थ्य शिबिर संचलन गरि ९२ जना रोगीहरुलाई उपचारको दायरामा ल्याईएको ।
- यस गाउँपालिकाको सबै वडाहरुमा ज्येस्ठ नागरिकहरुसंग अध्यक्ष बिशेषज्ञ स्वास्थ्य शिबिर सम्पन्न हुने प्रकियामा रहेको ।
- पोषण कार्यक्रमको बार्षिक समिक्षा तथा MPDSR कार्यक्रमको समिक्षा सम्पन्न गरिएको ।