नेपालगन्जः नेपाल फार्मेसी संघको अध्यक्षमा युवराज भुसाल निर्वाचित भएका छन् । काठमाडौँको धुम्बाराईमा भएको संघको तेस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा भुसाललाई निर्वाचित गरेको हो । त्यसैगरी उपाध्यक्ष टेकबहादुर वि.क, मिना भट्ट र महेश्वर पोख्रेल निर्वाचित भएका छन् । महासचिवमा सुवर्णराज पन्त निर्वाचित भए ।
त्यसैगरी सचिवमा कविन मलेकु, सुन्दर आचार्य, रामप्रसाद कोइराला, विनोद पन्त, ध्रुवकुमार शर्मा, नवीन धामी, कृष्णमुरारी शुक्ला यसैगरी कोषाध्यक्ष पदमा यदुप्रसाद पन्त र सह कोषाध्यक्षमा विष्णु कंडेल निर्वाचित भएका छन् ।
सदस्यहरुमा ओमकार अर्याल, गोविन्द तिवारी, सुशील सिग्देल, दिनेश जोशी, विजय फुल्लेल, विकास केसी, अर्जुन कार्की र शिवकुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । तेस्रो राष्ट्रिय महाधिवेशनले २३ सदस्सिय कार्यसमिति चयन गरेको हो ।