नेपालगन्जः सुर्खेत जिल्लाको चिङगाड गाउँपालिकामा आजदेखि एकिकृत जनस्वास्थ्य घुम्ति स्वास्थ्य शिविर सुरु भएको छ । चिङगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपालगन्ज फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोगमा शिविर भएको हो ।
उक्त शिविरमा डा. सम्राट सिटौलाले १५५ जनाको स्वास्थ्य चेकजाँच गरेका थिए । तीमध्इे १०२ जनाको कानको चेकजाँच गरिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा आउट रिच इन्जार्च भिषण थारुले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरुको ल्याव, एक्स रे लगायतका सेवा समेत प्रवाह गरिएको डा.सिटौला बताउँछन् । सोमवार चिङगाड गाउँपालिकामा शिविर गरिएको हो । उक्त शिविरको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले उद्घाटन गरेका थिए । यसैगरी मंगलवार वडा नंं. २ मा र बुधवार वडा नंं. ६ मा शिविर आयोजना गरिने उनले बताए ।