राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

    • स्वास्थ्य पेज

  • २२ मंसिर २०८१, शनिबार

नेपालगन्जः राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी डिस्चार्ज भएका छन् । उनी गत बुधबार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका थिए। उनको सोही दिन प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको हो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज अपराह्न डिस्चार्ज भएको जानकारी दिए।

यसैबिच, राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका अन्य कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरूप्रति आभार व्यक्त गरे । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उक्त कुरा जनाइएको छ ।

  • २२ मंसिर २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech