नेपालगन्जः नेपाल फार्मेसी काउन्सिलले लिएको फार्मेसी एसिस्टेन्टको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा जम्मा १० दशमलव २० प्रतिशत मात्र उत्तीर्ण भएका छन्।
काउन्सिलका रजिष्ट्रार सञ्जिव पाण्डेयका अनुसार परीक्षाका लागि एक हजार दुई सय ९९ जनाले आवेदन दिएका थिए। जसमध्ये परीक्षामा एक हजार २ सय ६४ जना सहभागी भएका थिए।
सहभागी परीक्षार्थी मध्ये जम्मा १२९ जना मात्र उत्तीर्ण भएका हुन्। परीक्षामा सहभागी भएका मध्ये एक हजार एक सय ३५ जना अनुतीर्ण भएका हुन्।