प्रजनन स्वास्थ्यको अधिकार भन्नाले प्रजनन पद्धति, प्रक्रिया र कार्यसँग सम्बन्धित शारीरिक कमजोरी तथा रोगहरुको संक्रमण हुने स्थितिलाई मात्र नजनाएर शारीरिक, मानसिक तथा सामाजिक रुपमा पूर्ण स्वास्थ्यको स्थितिलाई जनाउँदछ । यसैगरी प्रजनन स्वास्थ्यको अधिकार भित्र महिला र पुरुषको सहमतिमा बच्चाको संख्या निर्धारण, जन्मान्तर समयको निर्धारणका सम्बन्धमा स्वतन्त्र र जिम्मेवारीपूर्वक निर्णय गर्ने अधिकारलाई जनाउँदछ ।
नेपालको अन्तरिम संविधान, २०७२ को भाग ३ को मौलिकभित्र धारा ३५ स्वास्थ्य सम्बन्धि हक (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्तगर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।
(२) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ ।
(३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।
(४) प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ ।
त्यसैगरि भाग ४ को राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व धारा ५१. को उपधारा (ञ) मा सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति अन्र्तगत (३) मा प्रजन् अवस्थामाआवश्यक सेवा सुविधाउपभोगको सुनिश्चिततागर्ने भनी प्रजनन स्वास्थ्य सम्बन्धि हक हुने व्यवस्था गरेको छ ।
- सन्तुष्ट र सुरक्षित यौन जीवनयापन गर्ने निर्णयको अधिकार
- बिवाह गर्ने वा नगर्ने वा कहिले गर्ने निर्णयको अधिकार
- गर्भ निरोधकका साधनहरुबारे पूर्ण जानकारी प्राप्त गर्ने तथा आफनो खर्चले धान्न सक्ने र प्रभावकारी गर्भ निरोधका साधन स्वतन्त्र रुपले छनौट गर्ने अधिकार
- आफनो ईच्छाले यौनजोडि छान्ने अधिकार
- सुरक्षित यौन जीवनयापन गर्ने प्रजनन अधिकार
- बिवाह गरेको कति पछि सन्तान जन्माउने वा बिवाह नगरी नै बच्चा जन्माउने वा नजन्माउने र कति जन्माउने आदि कुराको निर्णय आफैले स्वतन्त्रतापूर्वक गर्न पाउने अधिकार
- महिलालाई प्रचलित कानुन विपरित नहुने गरी आफनो मासिक चक्र अथवा प्रजननलाई नियमित गराउन सक्ने अधिकार
- महिलाकालागि सुरक्षित रुपमा प्रसूति हुने तथा स्वास्थ्य शिशु जन्माउन दम्पतीहरुका लागि उपयुक्त स्वास्थ्य सेवा सुविधा पाउने अधिकार
- एच.आई.भि र अन्य यौनरोग सङ्क्रमणबारे बच्ने उपायहरुको अधिकार, यौन स्वास्थ्य सेवाको अधिकार
- प्रजनन अधिकार भन्ने बित्तिकै हामीले आफनो प्रजनन सम्बन्धि सम्पूर्ण निर्णयहरु आफैले लिन पाउने अधिकार हो । यो अधिकार प्राप्त गर्नका लागि आवश्यक पर्ने जानकारीहरु, उच्च गुणस्तरीय यौन र प्रजनन स्वास्थ्य सेवाको सुनिश्चित गरिनुपर्छ ।
- हरेक व्यक्तिको कुनै भेदभावबिना, जबरजस्तीबिना र हिंसाबिना प्रजनन बारे निर्णय लिन पाउने पुर्ण अधिकार छ भन्ने वारे मानव अधिकार सम्बन्धि दस्तावेजहरुले ब्यक्त गरेका छन् ।
सर्वोच्च अदालतले अपागंता भएका महिलाको प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि २०६६-०४-१२ मा सरकारलाई दिएको आदेशः
१.अपाङ्गता भएका महिलाहरुको प्रजनन हकको ग्यारेन्टीका लागि विशेष कार्यक्रम संचालन गर्नु पर्ने ।
२. सरकारी एवं निजी अस्पतालहरुमा प्रजनन स्वास्थ्यको निमित्त अपाङ्गमैत्री सिट सुरक्षित गर्नु पर्ने ।
३. अपाङ्गता भएका महिलाहरुको लागि दोभाषे उपलब्ध गराउनु पर्ने ।
४. चिकित्सक तथा स्वास्थ्य परिचारिकाहरुका लागि त्यस्ता महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धमा सचेतना कार्यक्रम गर्न गराउनु पर्ने ।
५. मेडिकल कलेजहरुमा अपाङ्गतामैत्री भवन, शैयाको व्यवस्था गरीनु पर्ने ।
६. अस्पतालहरुका भौतिक संरचना अपाङ्गता मैत्री बनाउनु पर्ने ।
७.अपाङ्गता भएका महिला र अभिभावकका लागि प्रजनन स्वास्थ्य, यौनिक र एचआईभी एड्स सम्बन्धी सचेतना कार्यक्रम संचालन गराउनु पर्ने ।
८.प्रसूति पूर्व र प्रसूति पश्चातका परामर्श सेवा उपलब्ध गराउन, यौनिक र प्रजनन स्वास्थ्य सम्बन्धी विषय विद्यालय पाठ्यपुस्तकमा संलग्न गराउनु पर्ने ।
९.अपाङ्गता भएका महिलाहरुको प्रजनन स्वास्थ्य उपचारको लागि सबै तहका स्वास्थ्य निकायहरुमा प्राथमिकता दिई निःशुल्क र विशेष स्वास्थ्य उपचार र त्यसको लागि आवश्यक जनशक्ति व्यवस्था गराउनु पर्ने ।
समाज तथा स्वंम अपागंता भएका महिलाको यौनिकता प्रति गलत धारणा
- अपाङ्गता भएका महिलाका शरीर अरुले हेर्दा लाज मान्छन् ।
- कहिलेकाही अपाङ्गता भएकी महिलाले पनि आफु बच्चा जन्माउन सक्दिनकी भन्ने ठान्छिन ।
- आफ्नो यौनिकतालाई प्रस्फुटित हुन नदिई यौन ईच्छालाई दवाएर राख्न बाध्य हुनु ।
- कुनै महिला युवा अवस्थामा अपाङ्गता भईन भने उनी आफनो छवी बिग्रीएको महसुस गर्छिन ।
- आफनो अपागंता देखिने अंग वा भाग लुकाउने वा त्यसप्रति अप्ठयारो मान्ने,
- आफ्नो शरीरको बारेमा नकारात्मक सोच बनाउने र आफ्नो यौन रुप अरु भन्दा भिन्न छ भन्नेमा बिश्वास हुनु ।
- यदि जन्मजात वा सानै छदा अपागंता भएको भए आफूमा यौन आकर्षण छ भन्ने कुरा मान्न कठिन पर्न सक्छ ।
- यदि भर्खरै अपागंता भएको छ भने अपागंता हुनु भन्दा अगाडि यौनको चाहाना राख्ने वा यौन सम्बन्ध भैसकेको व्यक्ति हुनु हुन्छ तर अपागंता भैसकेपछि यौन कार्यलाई नियमित गर्न सकिदैन भनी हिचकिचाउनु हुन्छ ।
- अपागंताको कारणले आफूमा यौन सम्बन्धकालागि आकर्षण नरहेको बिचार आउन सक्छ ।
चुनौती
- अस्थिर राजनीतिक अवस्था, चुनावी सरकार ।
- नीति तथा योजनाको कार्यान्वयनमा सरकार उदाशिन हुनु ।
- सार्वजनिक स्थान वा संरचनामा लागू गर्ने आदेश भएपनि निजि क्षेत्रलाइ जवाफदेहि बनाउन कठिन रहेको अवस्था छ ।
- शसक्त वकालतको लागी संगठित समन्वय र सहकार्य नहुनु ।
- बिद्यमान दृष्टिकोण र सोचाईमा अझ सम्म व्यापक सकरात्मक परिवर्तन नआउनु ।
- अस्पताल तथा स्वास्थ्य चौकीहरु अपांगतामैत्री नहुनु, विशेषज्ञ डाक्टरको अभाव हुनु ।
अपागंता र यौनिकताबारे सबैले सकारात्मक सोच राखौं
- अपागंता भएका व्यक्तिको अपागंता र यौनईच्छा दुईटै जीवनको अभिन्न पाटा हुन ।
- अपागंता भएका महिला आफूले आफैलाई बिश्वास गर्नु र आफ्नो यौनिकरुप अरु भन्दा भिन्न छैन भन्ने आत्मबिश्वास हुनु अत्यन्त आवश्यक हुन्छ ।
- अपागंता भएका महिलाको यौन ईच्छा र चाहाना सवै अरुको जस्तै हुन्छ ।
- हामीले हाम्रो शरीर र यौनिकतालाई सकारात्मक तरिकाले हेर्ने गर्नुपर्छ ।
- हामीले आफ्नो यौन साथिको अपागंतालाई बुझेर उसलाई सजिलो हुने सीप सिकेर पनि हामी हाम्रो यौन जीवन खुसी बनाउन सक्छौ ।
- यौन चाहानालाई कुनै पनि अपागंताले छेक्दैन ।
- आफ्नो यौनिकतालाई प्रस्फुटित हुन नदिन यौन ईच्छालाई दवाएर राख्ने गर्नु हुँदैन ।
- आफ्नो शरीरप्रति लाज मान्ने, अपागंता भएको भाग लुकाउने, त्यसप्रति अप्ठयारो मान्ने जस्ता व्यवहारहरु गर्नु गलत हो ।