निसासिएर दुई जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०८१, बुधबार

तुलसीपुर: दाङमा कुवा सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँ निवासी ३८ वर्षीय यमबहादुर विक र १६ वर्षीय मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठले जानकारी दिए । कुवा सफा गर्न कुवाभित्र पसेका दुबैजना बेहोस भएपछि अम्बापुरमा रहेको नेपाली सेनाको बेस क्याम्पबाट अक्सिजनसहित गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।

बेहोस अवस्थामा अस्पतालमा पुराइएका दुबैलाई चिकित्सकले ११ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘सुरुमा यामबहादुर कुवामा पस्नुभएको रहेछ । उहाँ कुवामा पसेर नबोलेपछि फेरी मुकेश जानुभएको र उहाँ पनि त्यही बेहोस भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका रहेछन् ।’

घटना करिब बिहान नौ बजेतिरको भएको प्रहरीले जनाएको छ । दुवै जना बिना डोरी करिब १५ हात गहिरो कुवामा पसेका कारण असजिलो हुनेबित्तकै निस्कन नसकेको प्रहरीले बताएको छ ।

  • ५ भाद्र २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech