अमेरिकामा दुई हप्तादेखि नर्स ममता काफ्ले बेपत्ता

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०८१, शुक्रबार

नेपालगन्जः अमेरिकामा दुई हप्तादेखि नर्स ममता काफ्ले बेपत्ता भएकी छन् । २८ वर्षीया नेपाली मुलकी नर्स ममता काफ्ले अझै सम्पर्कविहीन छन्। मनसास पार्क प्रहरी विभागले खोजी कार्य तीव्र पारिएपनि अझै सम्पर्कमा नआएको जनाएको छ।

भर्जनियाको मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीका लागि सर्वसाधारणसँग समेत सहयोगका लागि अपिल गरेको छ। भर्जिनिया राज्य पुलिसले ममता पत्ता लगाउन मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी पुलिस एजेन्सीहरूलाई समेत जानकारी गराएको जनाएको छ।

प्रहरीको अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेर बुझेको प्रहरीले उल्लेख गरेको छ। उनी २७ जुलाइमा युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको र उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाईमा कुरा गरेका पाइएको प्रहरीले जनाएको छ।

श्रीमान्‌ले ३१ जुलाई (१६ साउन) मा अन्तिमपटक देखेको बताएका छन्। तर, अगस्ट ३ गतेसम्म उनको श्रीमानेले उनी हराएको खबर प्रहरीलाई नदिएको बताइएको छ।

  • ३२ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech