काठमाडौँ । काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ । बिहान ११ बजेसम्मको मापन अनुसार वायु गुणस्तर सूचकांक (AQI) २१६ पुगेको छ, जसलाई जनस्वास्थ्यका लागि ‘अति अस्वस्थकर’ मानिन्छ ।
यससँगै काठमाडौँ विश्वकै वायु प्रदूषण भएका शहरहरूको सूचीमा दोस्रो स्थानमा परेको छ ।
विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्ड अनुसार AQI १०१–१५० भएमा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका लागि अस्वस्थकर हुन्छ । १५१–२०० पुगेमा सबैका लागि अस्वस्थकर मानिन्छ भने २०१–३०० लाई ‘अति अस्वस्थकर’ र त्योभन्दा माथिलाई ‘खतरनाक’ तहमा राखिन्छ ।
वायु प्रदूषण बढेसँगै विशेषज्ञहरूले बाहिरी गतिविधि कम गर्न, मास्कको प्रयोग गर्न र संवेदनशील समूहले विशेष सावधानी अपनाउन सुझाव दिएका छन् ।








