नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएकी चिकित्सक साहविरुद्ध भ्रष्टाचार मुद्दा

    • स्वास्थ्य पेज

  • २४ असार २०८१, सोमबार

नेपालगन्जः नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा आवद्ध भएको आरोपमा महोत्तरीको जलेश्वरस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयकी चिकित्सक संगीताकुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सक साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेको हो । साह आठौं तहको होमियोप्याथी चिकित्सकतर्फ करारमा आठौं तहमा कार्यरत रहनु भएको छ ।

भारतको बिहार संस्कृत शिक्षा बोर्डद्वारा संचालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण भएको भनेर साहले पेश गरेको शैक्षिक प्रमाणपत्र झुठा देखिएको आयोगको दावी छ ‌।

आयोगका प्रवक्ता नरहरी घिमिरेले चिकित्सक साहको शैक्षिक प्रमाणपत्र झुठा देखिएपछि भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

  • २४ असार २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech