कोहलपुरमा योग दिवसः प्रभातफेरी र अन्तरक्रिया

    • स्वास्थ्य पेज

  • ७ असार २०८१, शुक्रबार

कोहलपुरः आफु र समाजका लागि योग भन्ने मुल नाराका साथ आज कोहलपुरमा दशौं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । कोहलपुर नगरपालिका आयुर्वेद शाखाको आयोजनामा प्रभातफेरी, अन्तरक्रिया लगायतको कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

कोहलपुरको चौराहबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागका परिक्रमा गरी नगरपालिकाको सभाहलमा पुगेर अन्तरक्रिया कार्यक्रम गरिएको शाखा प्रमुख उदिप श्रेष्ठले जानकारी दिनुभयो । शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न योग उपयोगी रहेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

योग आफैमा भएको शक्ति उजागर गर्ने कला भएकाले यसको बिस्तारमा स्थानीय सरकार प्रतिवद्ध रहेको पनि उहाँको भनाइ छ । पछिल्लो समय बिस्तारै योगको महत्व बढ्दै गएको छ । स्थानीय सरकारले पनि आमसमुदायसम्म योगको बिस्तारका लागि सकारात्मक अभ्यासहरु गर्न थालेका छन् ।

तन, मन र वचन शुद्धताका लागि योगको महत्व रहेकाले आमनागरिकसम्म यसको प्रचार प्रशार र बिस्तार गर्दै लैजानु पर्नेमा नगर प्रमुख आचार्यको जोड थियो ।

कोहलपुर नगरपालिका सामाजिक विका स समितिका संयोजक इश्वरी प्रसाद विकको अध्यक्षतामा भएको कार्यक्रममा ओसो केन्द्रका प्रमुख रविन कुमार शर्मा, कोहलपुर जेसिसका अध्यक्ष राजकुमार पौडेल, महिला पतञ्जलीका अध्यक्ष कमला पौडेल लगायतले बोल्नुु भएको थियो । शाखा प्रमुख उदिप श्रेष्ठको स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको संचालन कविराज निरीक्षक गौरी शंकर मण्डलले गर्नुभएको थियो ।

  • ७ असार २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech