प्रदेश पाँचमा २७६९ नमुना जाँचको प्रक्रियामा (कुन ल्यावमा कति ?)

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०७७, बुधबार

समिरमान श्रेष्ठ- नेपालगन्ज २४, भदौ ।
प्रदेश पाँचमा २ हजार ७ सय बढी नमुना जाँचको प्रक्रियामा रहेका छन् । कोरोना रोकथाम तथा निदानका लागि विभिन्न स्थानमा सन्चालन गरिएका रियल टाइम पीसीआर प्रयोगशालामार्फत नमुना संकलन भइरहेको हो ।

ती प्रयोगशालामार्फत संकलन गरिएको नमुनामध्ये २ हजार ७ सय ६९ नमुना परीक्षणको प्रक्रियामा रहेको प्रदेश पाँचका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले स्वास्थ्य पेजलाई जानकारी दिनभयो । भेरी अस्पताल नेपालगन्जमा ५ सय ७५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ३ सय ८५, लुम्विनी प्रादेशीक अस्पताल बुटवलमा ७ सय ४९ स्वाव परीक्षणको प्रतिक्षामा छन् ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा २ सय २७ र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ८ सय २४ नमुना परीक्षणको प्रक्रियामा रहेको पनि सूचना अधिकारी डा.पौडेलले बताउनुभयो । प्रदेशमा एकलाख, एकहजार एकसय ९३ नमुना संकलन गरिएको मध्ये अहिलेसम्म ९८ हजार ४ सय २४ नमुनाको परीक्षण सम्पन्न भएको छ ।

त्यसमा ७ हजार ३ सय १२ नमुनाको रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो २४ घण्टामा ६१ पोजेटिभ केस थपिएसँगै प्रदेशभरी संक्रमितको संख्या ७ हजार ३ सय १२ पुगेको डा. पौडेलको भनाइ छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको हो । अर्घाखाँची र बाँकेका एक–एकजनाको मृत्यु भएको हो । प्रदेश पाँचमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ५ हजार ५ सय पुगेको छ ।

 

  • २४ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech