सुर्खेतको लेकबेशी नगरपालिकाले हरेक वर्ष एक जनालाई निःशुल्क डाक्टर पढाउने

    • स्वास्थ्य पेज

  • ९ जेष्ठ २०७९, सोमबार

नेपालगन्जः सुर्खेतको लेकवेशी नगरपालिकाले पाँच जना विद्यार्थीलाई निःशुल्क डाक्टर पढाउने भएको छ। नगरपालिका प्रमुखको कार्यभार सम्हाल्दै नगर प्रमुख उमेश पौडेलले आफ्नो कार्यकाल अवधि पाँच वर्षमा पाँच जना डाक्टर पढाउने निर्णय गर्नुभएको हो । लेकवेशी नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई निशुल्क डाक्टर पढाउने छ।

‘हामीले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथामिकता दिने योजना बनाएका छौं पहिलो वर्ष एक जनालाई डाक्टर पढ्दा लाग्ने खर्च नगरपालिकाले व्येहोर्ने छ’ नगर प्रमुख पौडेलले स्वास्थ्य खबरसँगको कुराकानीमा भन्नुभयो । यसको लागि निश्चित मापदण्ड तयार पार्ने उहाँको भनाई छ।

नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी भएपनि विशेषज्ञ डाक्टरहरु नहुँदा स्थानीयले उपचार नपाएको भन्दै पाँच वर्षको अवधिमा अछात्रवृतिमार्फत डाक्टर पढाउने निर्णय नगरपालिकाले गरेको हो।

साथै नगरपालिकाले गर्भवती तथा सुत्केरीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने निर्णय पनि गरेको छ। लेकवेशीका गर्भवती तथा सुत्केरीहरुलाई प्रदेश अस्पताल सुर्खेत तथा अन्य अस्पतालहरुमा लैजान निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने नगर प्रमुख पौडेलले बताउनुभयो ।

 

  • ९ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech