नेपालगन्जः कान्ति आरोग्य हस्पिटल प्रालि नेपालगन्जमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । यही २१ गते शनिवार शिविर आयोजना गरिएको हस्पिटलले जनाएको छ ।
दुरबीन विधिद्धारा पित्तको शल्यक्रिया, हर्निया, एपेन्डिसाइटिस, हाइड्रोसिल, पाइल्स, फिस्टुला, सिस्ट, पेटको रोग, स्त्रीरोग तथा पाठेघर सम्वन्धी समस्या भएका विरामीको शिविरमा स्वास्थ्य चेकजाँच गरिने बताइएको छ ।
विहान १० बजेदेखि बेलुका ६ बजेसम्म चल्ने शिविरमा ल्याव परीक्षण तथा शल्यक्रिया गर्नु परेमा विशेष छुटको समेत व्यवस्था गरिएको हस्पिटलले जनाएको छ।