सेरमबाट १० लाख मात्रा कोभिशिल्ड खोप एक हप्ताभित्रै आउने सम्भावना

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७८, आईतवार

नेपालगन्जः भारतले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै आउने भएको छ।

भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै पठाउने जानकारी गराएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहालले बताउनुभयो।

नेपालले गएको फागुन ५ गते भारतसँग २० लाख डोज खोप खरिद गरेको थियो। खरिद सम्झौताअनुसार १० लाख डोज आइसके पनि १० लाख डोज भने आउन बाँकी नै थियो।

तर भारतबाट समयमै खोप नआएपछि पहिलो डोज लगाएका १४ लाख नागरिक समयमै दोस्रो डोज लगाउन नपाउँदा प्रभावित भएका थिए।

नेपालले भारतसँग प्रतिडोज ४ डलरका दरले २० लाख डोज खोप खरीद गर्ने सम्झौता गरेको थियो।

नेपालमा अहिलेसम्म कोभिशिल्ड अनुदानमा ११ लाख डोज, कोभ्याक्स सुविधामार्फत ३ लाख ४८ हजार र खरीद गरेको २० लाखमध्ये १० लाख गरी २४ लाख ४८ हजार डोज आइसकेको छ।

यस्तै सेरमले अक्टोबरदेखि खोप आपूर्ति गर्न सक्ने जानकारी गराएको थियो।

  • १७ आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech