तिलगंगा आँखा प्रतिष्ठानद्धारा विस्तारित सेवा सुरु

    • स्वास्थ्य पेज

  • १३ भाद्र २०७८, आईतवार

काठमाडौंः तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्ने भएको छ। प्रतिष्ठानले कोरोना महामारीको समयमा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न भदौ १६ गतेदेखि विस्तारित सेवा सुरु गर्न लागेको जनाएको छ।

प्रतिष्ठानले बिहान ८ बजेदेखि ३ः३० नियमित सेवा बाहेक साँझ ६ः३० बजेसम्म विस्तारित आँखा सेवा प्रदान गर्ने जानकारी दिएको छ।

कार्यालय समयभित्र समय मिलाउन असहज भएका र व्यस्तताका कारण बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्ने सेवाग्राहीका लागि विस्तारित सेवा सुरु गरेको जनाउँदै दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गराई सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ।

त्यसबाहेक नियमित र प्रिमियम सेवा दिन चाहने सेवाग्राहीले दिउँसो ८ बजेदेखि २ः३० बजेसम्म समय नाम दर्ता गराउन सक्ने बताइएको छ।

 

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech