‘सभा, जुलुस, धर्ना लगायतका क्रियाकलाप नगर्नुस्’

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७८, मंगलवार

काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाण्डौले निषेधाज्ञाको व्यवस्था तथा स्वास्थ्यका मापदण्ड पालना गर्न सचेत गराएको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज मङ्गलवार विज्ञप्ति निकालेर कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र अस्पतालहरूमा कोरोनाका बिरामीको चाप बढ्दै गएको भन्दै निषेधाज्ञाका व्यवस्था र स्वास्थ्यका मापदण्ड पालना गर्न सचेत गराउनुभएको हो ।

प्रमुख जिल्ला अधिकारीले जारी गर्नुभएको जरुरी सूचनामा विभिन्न समूहबाट भिडभाडजन्य क्रियाकलाप गर्ने, सभा, जुलुस, धर्ना, र्‍याली, गोष्ठीलगायतका क्रियाकलाप बढेको भन्दै त्यस्तो नगर्न भनिएको छ ।

जारी निषेधाज्ञा अन्तर्गत निषेध गरिएका क्रियाकलाप गरेमा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

 

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech