भोलिबाट भेरोसेल खोप लगाइने, बाँकेमा कहिले ?

    • स्वास्थ्य पेज

  • २८ असार २०७८, सोमबार

तस्बिर:फाइल

काठमाडौं: सरकारले ७७ वटै जिल्लामा ५५ वर्षदेखि माथिकालाई भेरोसेल खोपको पहिलो डोज दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बसेको मन्त्रीस्तरको बैठकले थप खोप कार्यक्रम भोलीबाट नै सुरू गर्ने निर्णय गरेको हो।

त्यसका लागि मन्त्रालयले लक्षित समूह समेत छुट्याएको छ। ५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको हो । यसपटकको खोप अभियानमा विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुले पनि खोप लगाउन पाउने छन्।

यसैबिच अभियान भोलीबाटै सुरु हुने भनिएपनि बाँकेका भने केहिदिन पछि मात्र सुरु हुनेछ । खोप आईनपुगेका कारण केहिदिनपछि मात्र भेरोसेल लगाउन सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech