फेरि कोरोना संक्रमितको संख्या बढ्यो

    • स्वास्थ्य पेज

  • २२ असार २०७८, मंगलवार

नेपालगन्जः नेपालमा फेरि कोरोना भाइरस संक्रमित बढेका छन् । निको हुने भन्दा संक्रमित हुनेको संख्या एक हजारले बढेको छ । पछिल्लो २४ घण्टामा २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १,६६५ छ । त्यस्तै कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech