भेरीमा कोभिड संक्रमित युवकको फ्युमर फ्रेक्चरको सफल शल्यक्रिया

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०७८, मंगलवार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमित एकजना व्यक्तिको फ्युमर फ्रेक्चर ( खुट्टाको थाईको हड्डि) को सफल शल्यक्रिया भएको छ । बर्दिया गुलरियाका १९ वर्षिय संक्रमित युवकको फ्युमर फ्रेक्चरको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । कोभिड परीक्षणका लागि जेष्ठ ९ गते श्वाब दिएका उनको पीसीआर परीक्षण गर्दा जेष्ठ १० गते रिर्पोट पोजेटिभ आएको थियो ।

उनको आज अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा.बिनोद कुमार थापा, डा.प्रकाश बहादुर थापा, डा.तिर्थेन्द्र खड्का, डा मोहन नाथ योगी, डा.लक्ष्मण सिग्देल, डा.राहुल मिश्र, अस्पतालका एनेस्थेसियोलोजिस्ट डा.पारश पाण्डे , नर्स प्रतिमा राणा , अरबिन्द चौधरी , एनेस्थेसिया एसिस्टेन्ट शिवराज वर्मा र सन्तोष ठाकुरलगायतको टीमले सफल शल्यक्रिया गरेको हो । यस्तै यही टीमले मुटुको समेत समस्या भएका अर्का एकजना बिरामीको सफल शल्यक्रिया गरेको छ ।

सुर्खेतका ३५ वषीया महिलाको जटिल मानिने शल्यक्रिया गरिएको डा.तिर्थेन्द्र खड्काले बताउनुभयो । मुटुमा समस्या भएका कारण उहाँको शल्यक्रिया जटिल थियो । उनको पनि फ्युमर फ्रेक्चर थियो । भेरी अस्पताल नेपालगन्जमा अहिले कोरोना भाइरस सक्रमित बिरामीहरुको उपचार भैरहेको छ ।अस्पतालले विपदमा बिरामीहरुको उपचारमा कुनै कसर बाकि नराखि सेवा दिईरहेको छ ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech