राजश्वका ११ कर्मचारीसहित ३६ मा संक्रमण

    • स्वास्थ्य पेज

  • १५ श्रावण २०७७, बिहीबार

नेपालगन्ज १५, साउन ।
आन्तरिक राजश्व कार्यालय, नेपालगञ्जका थप ११ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि दुईजनामा संक्रमण देखा परिसकेको थियो । राजश्वका मात्र संख्या अव १३ पुगेको छ । विहीबार थप ११ जना कर्मचारीसहित बाँकेका २७ जना, बर्दियाका सात र दाङमा दुईजनामा कोरोना देखिएको छ ।

भेरी अस्पताल, नेपालगञ्जले विहीबार ३६ जना कोरोना संक्रमितको विवरण सार्वजनिक गर्दा आन्तरिक राजश्व कार्यालयका एघार जना, नेपालगञ्जका १६ जना, बर्दियाका सात र दाङमा दुईजना परेका हुन् ।

नेपालगञ्जको वडा नम्बर ११, त्रिभुवनचोक आसपासका १३ जनामा कोरोना देखिएको छ । वडा नम्बर १०, वडा नम्बर १३ र १९ नम्बरका एक–एकजना रहेका छन् ।

आन्तरिक राजश्व कार्यालयका ११ जना कर्मचारीमध्येमा चारजना बाँके, सुर्खेतका दुईजना, बर्दिया तथा अर्घाखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक–एक जना रहेका छन् ।

बर्दियामा क्वारेन्टाइनमा आत्महत्या गरेकासहित सात जनामा कोरोना पुष्टि भएको छ । कोरोना देखिनेमा ठाकुरबाबा, गेरुवाका छन् । दाङमा दुई जनामा कोरोना देखिएको छ । उनीहरु राप्ती र गडवाका हुन् ।

 

  • १५ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech