काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच वार्ता छलफल भइरहेको छ ।
मन्त्रीसँग छलफल गर्न नेपाल चिकित्सक संघका पदाधिकारीसहित आवासीय चिकित्सकका प्रतिनिधिहरु मन्त्रालय पुगेका हुन् ।
सरकारी सरह भत्ता माग गर्दै आवासीय चिकित्सकहरु आन्दोलनमा छन् । उनीहरुलाई नेपाल चिकित्सक संघले पनि साथ दिएको छ ।
सरकारले निजी मेडिकल कलेजहरुलाई आवासीय चिकित्सकसरह भत्ता दिन निर्देशन दिए पनि कार्यान्वयन नभएपछि आवासीय चिकित्सकहरु आन्दोलनमा छन् ।