ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०८२, आईतवार

काठमाडौं: चिकित्सकीय अभ्याससँगै गीत संगीतमा पनि सक्रिय रहेका त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

डाक्टर भण्डारीले युट्युब च्यानल मार्फत नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।  सार्वजनिक भएको नयाँ म्युजिक भिडियोको बोल ‘जीवन यो रहेसम्म…’ रहेको छ।

डा भण्डारीको स्वरमा रहेको गीतको रचना र कम्पोजिसन पनि डा भण्डारीले नै गरेका हुन्। गीतको मिक्सिङ प्रदीप जोशीले गरेका हुन्। सिलन लम्सालको सम्पादन रहेको म्युजिक भिडियोमा निमा लामाको मेकअप रहेको छ।

  • १४ बैशाख २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech