लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद श्रेष्ठ पोखराबाट पक्राउ

    • स्वास्थ्य पेज

  • २७ भाद्र २०८१, बिहीबार

पोखराः लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन्। पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको शुभविहानी पोलिक्लिनिकबाट बिहीबार श्रेष्ठलाई पक्राउ गरिएको हो।

लागुऔषधसहित पक्राउ परेका युवाले बयान दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए।

साउन ३ गते लागूऔषध मुद्दामा प्रकाउ परेका युवाले बयान दिएपछि दिया फार्मेसीका संचालकसमेत रहेका श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट रोल्पाको त्रिवेणी गाउँपालिका–७ स्थायी घर भई हाल पोखरा महानगरपालिका– ४ नालामुख बस्ने ४२ वर्षीय प्रकाश थापा मगरलाई लागूऔषधसहित पक्राउ गरेको थियो।

  • २७ भाद्र २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech