राप्तीसोनारीमा कांग्रेसको दन्त शिविरमा २०० जना लाभान्वित

    • स्वास्थ्य पेज

  • २७ भाद्र २०८१, बिहीबार

नेपालगन्जः बाँकेको राप्तीसोनारीमा गरिएको निःशुल्क दन्त शिविरमा २०० जनाले सेवा लिएका छन् । बीपी कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले बुधवार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरस्थित राप्तीसोनारी अस्पतालमा एक दिने निःशुल्क दन्त शिविरको आयोजना गरेको हो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राबिधिक सहयोग र राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा शिविर सम्पन्न भएको हो । क्षेत्रीय समिति स्वास्थ्य शाखा संयोजक अन्जु न्यौपानेको सभापतित्वमा सम्पन्न निःशुल्क दन्त शिविरको प्रमुख अतिथि नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले उद्घाटन गरेका थिए ।

May be an image of 2 people, slow loris and hospital

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य स्वास्थ्यकर्मी राम बहादुर मल्लले संयोजन गरेको दन्त शिविर उद्घाट्न समारोहमा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, महाधिबेशन प्रतिनिधि लाहुराम थारू, नेपाली कांग्रेस प्रदेश (क) का सभापति अम्बर बहादुर बुढाथोकी र राप्तीसोनारी नेपाली कांग्रेस सभापति भिम बहादुर राना लगायतले आ-आफ्नो धारणा ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव खुम बहादुर बस्नेतले गरेका थिए ।

यसैगरी बुधवारनै नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ कार्यसमितिको पूर्ण बैठक सभापति केसीको सभापतित्वमा सम्पन्न भएको छ । बैठकले केन्द्रीय समितिको निर्णयानुसार आगामी असोज १ गतेदेखि शुरू हुने १०० दिने पार्टी सुदृढीकरण अभियानसंगै क्षेत्रीय कार्यसमितिले पनि प्रत्येक टोलमा गई कांग्रेसको संगठनलाई मजबुत बनाउने उद्देश्यले स्थानीय जनताहरूसंग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या बुझ्ने र समस्या समाधान गर्नेतर्फ पहलकदमी लिनका लागि ‘टोल-टोलमा कांग्रेस’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

May be an image of 2 people, people studying, people smiling, eyeglasses and hospital

त्यसैगरी बैठकले असोज महिनाभित्र क्षेत्रीय स्तरको आवासीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, क्षेत्रभित्र रहेका स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरू र पार्टीका बीच अन्तरक्रिया कार्यक्रम गर्ने, संबिधान दिवसको अवसरमा संबिधान संशोधनको आवश्यकता र पार्टीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने र १११औं बीपी जन्मजयन्तीका अवसरमा यसै हप्ता नरैनापुर गाउँपालिकामा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकले अहिलेसम्म पनि क्रियाशील सदस्यता नविकरण फाराम क्षेत्रमा नआएकोप्रति गम्भिर चिन्ता र चासो ब्यक्त गर्दै अविलम्ब क्रियाशील सदस्यता फाराम पठाउन मातहतका कार्यसमितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

  • २७ भाद्र २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech