१६ लाख बालिकालाई ‘एचपीभी’ खोप दिइँदै

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०८१, आईतवार

तस्वीरः फाइल

नेपालगन्जः सरकारले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप निशुल्क दिने भएको छ ।

‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी)को सहयोगमा देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकाई ह्युमन प्यामिलोमा भाइरसविरुद्धको खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार पुससम्ममा खोप आइसक्ने छ । उनका अनुसार करिब देशभर १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिका छन् ।

गत वर्ष नै सरकारले एचपीभीविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । जसमा सातै प्रदेशका अस्पतालहरुबाट १४ वर्ष उमेरका करिब १० हजार बालिकाहरुलाई खोप दिइएको थियो ।

  • २३ भाद्र २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech