नरैनापुरमा चारजनाको मृत्यु, कारण पुष्टि गर्दै स्वास्थ्यकर्मी

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०८१, सोमबार

नेपालगन्जः बाँकेको नरैनापुरमा गाउँपालिका -३ गेगल गाँउका ४ जनाको मृत्यु भएको छ । नरैनापुर गाँउपालिका-३ मा एउटै घरका ३ जना र अन्य एक जना सहित ४ जनाको मृत्यु भएको हो ।

उनीहरू मध्ये २ जना भारतबाट उपचार गरि फर्केपछि र बाँकी दुईजनाको नरैनापुरमा उपचार गर्दा गर्दै मृत्यु भएको स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र शाहले जानकारी दिनु भयो । मृतक सबैमा उच्च ज्वरो आएको थियो ।

मृत्यु हुनेमा ३६ वर्षीय उषादेवी पासवान, १ वर्षीय नन्दनी पासवान, ७२ वर्षीय शान्ति देवी र १२ वर्षीय सुखिया अलिशेष रहेका छन् । उषा र शान्तिको १४ गते र नन्दनी र सुखियाको आईतबार मृत्यु भएको पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले जानकारी दिए ।

उनले भने, ‘अहिले हामी स्वास्थ्यकर्मीको टोलीसहित गाउँमै गाउँमै आएका छौं । झाडापखलाबाट मृत्यु भएको हो वा विषाक्त खानाबाट मृत्यु भएको हो त्योबारे अनुसन्धान गरिरहेका छौँ ।’

  • १७ भाद्र २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech