गेटा अस्पतालमा इन्डोर सेवा सुरु, प्रयोगशाला र फार्मेसी सेवा २४ सै घण्टा

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०८१, शुक्रबार

धनगढीः कैलालीस्थित गेटा अस्पतालमा इन्डोर सेवा सुरु भएको छ। अस्पतालमा शुक्रबारबाट इन्डोर सेवाको सुरुवात गरिएको अस्पतालका निर्देशक डा विप्लव सापकोटाले जानकारी दिए।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि गेटा अस्पतालले इन्डोर सेवा सुरु गरेको हो। इन्डोर सेवामा महिला र पुरुषका लागि छुट्टाछुट्टै वार्ड व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमन्त्री पौडेलले आफ्नो कार्ययोजना सार्वजनिक गर्ने क्रममा गेटा अस्पतालमा इन्डोर सेवा सुरु गर्ने उल्लेख गरेका थिए। साथै अस्पतालले प्रयोगशाला र फार्मेसी सेवा २४ सै घण्टा प्रदान गर्ने भएको छ।

गेटा अस्पतालले जनरल ओपिडी, हाडजोर्नी तथा नशा रोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला लगायतका सेवा प्रदान गर्दै आइरहेको छ।

  • ३२ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech