न्युट्रास्युटिकल्स फार्मेसीबाट नबेच्न नेपाल फर्मास्यूटिकल एशोसिएसनको आह्वान

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०८१, आईतवार

काठमाडौं: नेपाल फर्मास्यूटिकल एशोसिएसनले न्युट्रास्युटिकल्स फार्मेसीबाट नबेच्न आह्वान गरेको छ। एशोसिएसनका अध्यक्ष ललित मोहन पन्त र महासचिव सञ्जीव शर्मा कट्टेल द्वारा जारी विज्ञप्तिमा नेपालको बजारमा औषधि जस्तै बनावटमा फार्मेसीमै न्युट्रास्युटिकल्स नामको उत्पादनहरुको बिक्रि वितरण भइरहेको प्रति एशोसिएसनको ध्यानाकर्षण भएको जनाईएको छ।

विज्ञप्ती मार्फत एसोसिएसनले सम्पूर्ण फार्मासिस्ट तथा असिस्टेन्ट फार्मासिस्टहरुमा उक्त वस्तुहरू आफ्नो फार्मेसीहरुबाट बिक्री वितरण नगर्न र नगराउन जोडदार आह्वान गरेको छ ।

स्वास्थ्यमा कुनै पनि प्रविधि, बिधि उपयोग गर्न बैज्ञानिक प्रमाणमा आधारित अभ्यास हुन जरुरी छ । तर खाद्यको रूपमा दर्ता गरि औषधि जस्तो प्रस्तुत गरिने न्युट्रास्युटिकलहरु निम्न कारणहरुले स्वास्थ्य सुधारमा औषधि भनि प्रयोग गर्न अनुपयुक्त रहेको हाम्रो एसोसिएसन सबैलाई सुचित गराउन चाहन्छ, ‘जारी विज्ञप्तिमा भनिएको छ’।

विज्ञप्तिमा अघि सारिएका कारणहरु यस प्रकार छन् ।

. औषधिजस्तो क्लिनिकल परिक्षण नगरीने हुनाले न्युट्रास्युटिकलहरु को बायोअभाइबिलिटी (अर्थात सेवन पछि शरीरमा कुन ठाउँमा र कति मात्रामा पुग्ने)को केहि ज्ञान नहुने र सोको दिर्घ प्रयोग असरहरुको बारेमा थाहा नहुने भएकाले

. औषधि ऐनको नियमन नहुने हुनाले सुरक्षित, असर्युक्त र गुणस्तरीयता प्रमाणित गर्न नपर्ने

. उत्पादक पिच्छे मनलाग्दी सम्मिश्रण राख्ने हुनाले न्युट्रास्युटिकलहरुमा दाबी अनुसारको बैज्ञानिक आधार नहुने भएकाले

. औषधिको हकमा बैज्ञानिक आयोगहरुले तयार गरेको परिक्षण विधिको ग्रन्थ अनुसार परिक्षण गर्न सकिने तर न्युट्रास्युटिकलहरुको बैज्ञानिक रूपले विश्वसनीय परिक्षण बिधि नभएकाले

. औषधिमा निकैकम मात्रामा रहेका ( Nano gram level impurity)अशुद्ध रसायन देखिदा समेत विश्वव्यापी फिर्ता (recall) गर्ने सम्म व्यवस्था रहेको तर न्युट्रास्युटिकलहरुमासो व्यवस्था नरहने

. औषधि र औषधि प्रयोग गर्दा एक आपसमा अन्तरक्रिया गरी असर घटाउने वा बढाउने (असरहीन वा विषाक्त) हुने बिश्वब्यापी तथ्यांक रहेको हुनाले प्रयोग र उपचार बिधि थाहा भएको तर न्युट्रास्युटिकलहरुले औषधि संगै प्रयोगमा कसरीअसर गर्छ केहि बैज्ञानिक तथ्यांक नभएको

. औषधि व्यवस्था विभागमाऔषधिको रुपमा दर्ता रहेको आईरन, मल्टीभिटामिन आदि भन्दा न्युट्रास्युटिकलको रूपमा आउंदा कयौं गुनाबढी मूल्य भएर बजारमा बिक्रि वितरणमा छन्

. औषधिहरुले भ्रमात्मक प्रचार गर्न नपाईने र बिज्ञापन गर्न स्वीकृति लिन प्राबधान हुदा न्युट्रास्युटिकलहरुको मनगडन्ते बिज्ञापन गर्दै, हुँदै नभएको स्वास्थ्य लाभ र फाईदाहरु पेश गरी जनता ठग्ने र स्वास्थ्यमा जोखिम हुन सक्ने देखिन्छ

औषधि जस्तो न्युट्रास्युटिकलहरु बृद्ध, दिर्घ रोगि, गर्भवती, बच्चामा प्रयोग गर्न मिल्ने नमिल्ने र कसरी गर्ने केहि पनि तथ्यांक उपलब्ध छैन।

हेर्नुहोस् विज्ञप्ती

  • २७ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech