सुटुक्कै ज्यान लिने उच्च रक्तचाप ,यस कारण बढेका छन् बिरामी (भिडियो सहित)

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०८१, मंगलवार

मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ। रक्तचापलाई मिलिमिटर अफ मर्करीमा नापिन्छ। माथिको रक्तचापलाई सिस्टोलिक र तलको रक्तचापलाई डायस्टोलिक भनिन्छ। सिस्टोलिक र डायस्टालिक दुबै रक्तचाप शरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन्।

सामान्य रक्तचाप १२०\८० एमएम एचजी भन्दा कम हुनुपर्छ। उच्च रक्तचाप भन्नाले माथिको रक्तचाप १४० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ। माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई प्रिहाइपरटेन्सन भनिन्छ। यो उच्च रक्तचाप हुनु भन्दा अगाडिको अवस्था हो।

अधिकांश बिरामीमा उच्च रक्तचापको कुनै पनि लक्षण नदेखिन सक्छ। यसै कारण यो रोगलाई थाहा नहुने मृत्युको कारण साइलेन्ट किलर पनि भन्ने गरिन्छ।

किन बढिरहेका छन् त बिरामी ?
हामीले मुटुरोग विशेषज्ञ डा.विकास नेपालले यसबारेमा दिनुभएको जानकारी प्रकाशन गरेका छौं ।

भिडियो हेर्नुहोस्

  • २२ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech