महिनावारीको समयमा रगतको ढिक्का किन निस्कन्छ ?

    • स्वास्थ्य पेज

  • २२ बैशाख २०८१, शनिबार

महिनावारी महिलामा हुने प्राकृतिक र नियमित प्रक्रिया हो । सामान्यतया किशोरावस्थामा पुगेपछि सुरु हुने महिनावारी चक्र सुक्ने बेलासम्म हरेक महिना नियमित हुनु राम्रो मानिन्छ ।

सामान्यतया महिनावारीमा तीनदेखि पाँच दिनसम्म रक्तस्राव हुन्छ । पेट दुख्ने, ढाड दुख्ने, मुड बदल्ने जस्ता लक्षण देखिन्छन् । कहिलेकाहीं महिनावारीको समयमा बढी रक्तस्राव हुन्छ । कतिपय महिलालाई महिनावारीको समयमा रगत जम्ने र ढिक्काको रुपमा निस्कने पनि हुन्छ  । अब प्रश्न उठ्छ रगत जम्नु र ढिक्काको रुपमा निस्कनु सामान्य हो कि कुनै रोगको संकेत ?

महिनावारीमा पाठेघरले भित्र जम्मा भएको तहलाई बाहिर निकाल्छ । जसले गर्दा ढिक्काको रुपमा यो बाहिर निस्कन्छ । यदि महिनावारीको समयमा आउने रगतको ढिक्का आकारमा ठूलो छैन भने आत्तिनु पर्दैन । यो पाठेघरबाट निस्कने एक प्रकारको तन्तु हो । कहिलेकाहीं महिनावारीको समयमा यस्तो समस्या देखा पर्छ ।

यसमा चिन्ता लिनु पर्दैन तर महिनावारीको समयमा नियमित रूपमा रगत जमेको देखियो र ठूलो आकारको ‘क्लट’ (ढिक्का) निस्कियो भने चाहिं चिकित्सकको परामर्श लिनुपर्छ ।

यदि कुनै महिलालाई महिनावारीको समयमा क्लट भएको छ भने यसको अर्थ अत्यधिक रक्तस्राव हुन्छ । जसकारण शरीरमा रगतको कमी हुन सक्छ र संक्रमणको जोखिम पनि निकै बढ्छ । महिनावारीको समयमा रगत जम्छ भने त्यसको कारण पाठेघरको आकार बढ्छ ।

महिनावारीको समयमा रगत जम्ने कारण

गर्भाशयमा अवरोध

गर्भाशयमा अवरोध हुँदा रगत जम्ने र ढिक्काको रुपमा आउने गर्छ । पाठेघरको अवरोधका कारण पाठेघरको संकुचन हुने क्षमता कमजोर हुन्छ । जब पाठेघर राम्ररी संकुचन हुँदैन, तब रगत जम्मा हुन थाल्छ र ढिक्काको रुपमा निस्कन्छ ।

पाठेघरमा गाँठो भएको लक्षण

महिनावारीको समयमा पाठेघरमा गाँठो भएका कारण महिलामा रगत जम्ने सम्भावना हुन्छ । यो एक गैरक्यान्सर ट्युमर हो, जुन शरीरमा हार्मोनल परिवर्तनका कारण हुन्छ ।

रजोनिवृत्ति

रजोनिवृत्तिका कारण पनि महिनावारीको समयमा रगत जम्ने समस्याको सामना गर्नुपर्छ । यस्तो अवस्थामा महिलाले तुरुन्तै जाँच गर्नुपर्छ ।

पाठेघरको क्यान्सरको लक्षण

पाठेघरको क्यान्सरले पनि महिनावारीको समयमा रगत जम्न सक्छ । यदि महिनावारीमा रगतको ठूलो ढिक्का देखा पर्छ भने अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

हार्मोनको असन्तुलन

शरीरमा प्रोजेस्टेरोन र एस्ट्रोजेन हार्मोनको स्तर कम हुँदा पनि कतिपय महिलालाई महिनावारीको समयमा रगत जम्ने समस्या हुनसक्छ । यो अवधिमा अत्यधिक रगत बग्ने गुनासो पनि हुन्छ ।

गर्भपातको लक्षण

यदि गर्भवती महिलामा रगत जमेको छ भने यसले गर्भपात भएको संकेत गर्छ । प्रारम्भिक गर्भावस्थामा केही महिलाले महिनावारीको समयमा रगत जम्ने अनुभव गर्न सक्छन् ।  यो एक गम्भीर संकेत हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकसँग तुरुन्त परामर्श लिनुपर्छ ।

एजेन्सीको सहयोगमा

  • २२ बैशाख २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech