महिलामा पहेंलो योनीस्राव किन हुन्छ ?

    • स्वास्थ्य पेज

  • २२ बैशाख २०८१, शनिबार

हार्मोनल परिवर्तनका कारण महिलाको स्वास्थ्यमा विभिन्न समस्या आउँछन् । यसैमध्ये एक हो योनीस्राव । योनीबाट सेतो, पहेंलो, गुलाबी वा खैरो रंगको पदार्थ बग्नुलाई योनीस्राव भनिन्छ ।

सेतो पदार्थ बग्नु सामान्य भएपनि पहेंलो, गुलाबी वा खैरो रंगको योनीस्राव भएमा कुनै स्वास्थ्य समस्या भएको संकेत हो । महिलामा यी पाँच कारणले पहेंलो योनीस्राव हुने गर्छ ।

शरीरमा हार्मोनको गडबडी

महिलाको शरीरमा हार्मोनल परिवर्तन भइरहन्छ । हार्मोनको उतारचढावले पहेंलो योनीस्राव (डिस्चार्ज) हुनसक्छ । यो गर्भावस्थाको अवस्थामा प्रजनन् अंगमा संक्रमण वा शरीरभित्र अन्य हार्मोनल असन्तुलनका कारण पनि पहेंलो योनीस्रावको समस्या हुनसक्छ ।

संक्रमण भएमा

योनीमा संक्रमण भएमा पनि पहेंलो पदार्थ निस्कने समस्या हुन्छ । यौनाङ्गमा क्याडिडायसिस संक्रमण, ब्याक्टेरियल भ्यागिनोसिस संक्रमणको हुँदा पहेंलो योनीस्राव हुन्छ । त्यसैले यसको संक्रमण भएमा चिकित्सककहाँ गएर उपचार गराइहाल्नुपर्छ । यौनाङ्गको सरसफाइको कमीले यस्तो समस्या हुनसक्छ ।

यौन सञ्चारित संक्रमण

महिलामा यौन सञ्चारित संक्रमण अर्थात् एसटीआईका कारण पनि पहेंलो योनीस्राव हुन्छ । क्ल्यामाइडिया, गोनोरिया र ट्राइकोमोनियासिसजस्ता जीवाणुको संक्रमणले यौनरोग लाग्न सक्छ । जसले पहेंलो पदार्थ योनीबाट निस्कने समस्या हुन्छ । यो असुरक्षित यौन सम्पर्कका कारण हुने संक्रमण हो ।

भाइरस संक्रमण

एचएसभी र एचआईभी भाइरसको संक्रमणले पनि पहेंलो योनीस्राव हुनसक्छ ।

एलर्जी

कुनै चीजको एलर्जी भएमा पनि महिलामा पहेंलो योनीस्राव हुनसक्छ । यसका लागि सरसफाइमा ध्यान दिने, एलर्जी भएको अवस्थामा चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ । एलर्जी हुने चीजबाट सकेसम्म टाढा रहनुपर्छ ।

एजेन्सीको सहयोगमा

  • २२ बैशाख २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech